महिला उद्यमशीलता सामाजिक रूपान्तरण र विकासको संवाहक: उपराष्ट्रपति यादव

Share this
724shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २०, शुक्रबार १४:०६
महिला उद्यमशीलता सामाजिक रूपान्तरण र विकासको संवाहक: उपराष्ट्रपति यादव

काठमाडौं । उपराष्ट्रपति राम सहायप्रसाद यादवले महिला उद्यमशीलता व्यक्तिगत आर्थिक सशक्तीकरण मात्र नभई सामाजिक रूपान्तरण र राष्ट्रिय विकासको प्रमुख संवाहक भएको बताएका छन् ।

उनले महिला उद्यमी महासंघ नेपालद्वारा ललितपुरमा शुक्रबारदेखि आयोजित ‘नवौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला’ को उद्‌घाटन गर्दै उपराष्ट्रपति यादवले महिला उद्यमीहरू आत्मनिर्भर, समावेशी र दिगो समाज निर्माणतर्फका प्रेरक शक्ति भएको उल्लेख गरे । महिलाले उद्यममार्फत आफ्नो क्षमता प्रदर्शन गर्दा परिवार, समाज र राष्ट्रको समग्र विकासमा ठुलो योगदान पुग्ने उपराष्ट्रपति यादवले भने ।

‘स्वदेशी उत्पादन उपयोग गरौँ, स्वदेशी उद्यमशीलतालाई प्रोत्साहन गरौँ’ भन्ने मूल नाराका साथ सुरु भएको ३ दिने मेलाले जिल्ला स्तरका महिला उद्यमीहरूलाई प्रोत्साहित गर्ने उनको विश्वास छ । विगतमा घरधन्दा र पारिवारिक जिम्मेवारीमा मात्र सीमित महिलाहरू पछिल्लो समय साना घरेलु उद्योगदेखि ठुला व्यावसायिक प्रतिष्ठानसम्म सक्रिय हुनु सकारात्मक रहेको उनले बताए ।

उनका अनुसार खुद्रा व्यापार, हस्तकला, कृषि, पशुपालन र होटल रेस्टुरेन्ट जस्ता क्षेत्रमा महिलाहरूको सहभागिताले लैंगिक समानता र सामाजिक सशक्तीकरणमा महत्त्वपूर्ण भूमिका खेलेको छ ।

नेपालको संविधानले स्वदेशी उत्पादन, श्रम, सीप र स्रोतमा आधारित उद्योगलाई प्राथमिकता दिने व्यवस्था गरेको स्मरण गराउँदै उपराष्ट्रपति यादवले महिला उद्यमशीलतालाई प्रोत्साहन गर्ने संवैधानिक आधार रहेको प्रस्ट पारे ।

उद्यमशीलता प्रवर्द्धनका लागि राज्य, निजी क्षेत्र र नागरिक समाज सबैको सहकार्य अपरिहार्य रहेको उनको भनाइ थियो । ढाका कपडा, हस्त निर्मित गहना, घरेलु उद्योग र सौन्दर्य सेवा जस्ता क्षेत्रमा महिलाहरूको उपस्थितिले अर्थतन्त्रमा दरिलो जग बसालेको भन्दै उनले सबैलाई स्वदेशी उत्पादनलाई प्राथमिकता दिन आह्वान गरे ।

तपाइको प्रतिक्रिया
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.