इरान–अमेरिका तनाव बढ्यो, दुई लडाकु विमान खसालिएको दाबी

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र २१, शनिबार ०७:५३

काठमाडौं । मध्यपूर्वमा जारी तनावका बीच इरानले दुईवटा अमेरिकी लडाकु विमान खसालिएको दाबी गरेको छ ।

इरानी सञ्चारमाध्यमका अनुसार शुक्रबार भएको घटनामा अमेरिकी एफ–१५ई र ए–१० प्रकारका लडाकु विमानलाई लक्षित गरी आक्रमण गरेर विमान ध्वस्त पारिएको हो । एफ–१५ई लडाकु विमान इरानको भूभागभित्रै आक्रमणको सिकार भएको बताइएको छ ।

Advertisement

सो विमानमा रहेका चालक दलका एक सदस्यलाई उद्धार गरिएको दाबी पनि इरानी पक्षले गरेको छ । त्यस्तै, ए–१० लडाकु विमान फारसी खाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको उल्लेख गरिएको छ । तर, यी दुवै घटनाको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन ।

अमेरिकी अधिकारीहरूले भने घटनाबारे स्पष्ट जानकारी नआएको बताएका छन् । उनीहरूले विमान दुर्घटनाग्रस्त भएको हो वा आक्रमणमा परेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जनाएका छन् ।

केही अमेरिकी सञ्चारमाध्यमले इरानी आक्रमणका क्रममा दुईवटा हेलिकप्टर पनि प्रभावित भएको हुनसक्ने उल्लेख गरेका छन् । यसैबीच, इरानले ४८ घण्टे युद्धविरामका लागि आएको अमेरिकाले राखेको प्रस्ताव अस्वीकार गरेको छ ।

तेस्रो मुलुकमार्फत पठाइएको उक्त प्रस्तावलाई तेहरानले स्वीकार नगरेको इरानी सरकारी समाचार एजेन्सीले जनाएको छ । यो घटनापछि इरान र अमेरिकाबीचको तनाव अझ चर्किएको छ भने मध्यपूर्वमा सुरक्षा जोखिम बढ्ने चिन्ता अन्तर्राष्ट्रिय रूपमा व्यक्त गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.