निजी क्षेत्रबिना आर्थिक समृद्धि सम्भव छैन : अध्यक्ष ढकाल

Share this
763shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २२, आइतबार १८:०५

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको समग्र विकास एवं रोजगारी सिर्जनामा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन्। विराटनगरमा भएको महासंघ कोशी प्रदेशको आठौँ प्रदेश सभाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

अध्यक्ष ढकालले प्राकृतिक स्रोत, कृषि, पर्यटन र उद्योग क्षेत्रमा स्थानीय स्रोत साधनको अधिकतम उपयोग गरी आर्थिक समृद्धि ल्याउन सकिने दाबी गरे। मुलुकमा ८६ प्रतिशत रोजगारी निजी क्षेत्रले सिर्जना गरेको उल्लेख गर्दै उनले निजी क्षेत्रप्रति सरकारको दृष्टिकोणमा परिवर्तन आएको जानकारी दिए।

कार्यक्रममा कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाले निजी क्षेत्रमैत्री कानुन निर्माण गरी अर्थतन्त्र चलायमान बनाउनु पर्ने सुझाव दिए। महासंघका कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले निजी क्षेत्रलाई समस्याको जडका रूपमा हेर्ने प्रवृत्तिले उद्योगीहरू हतोत्साही भएको बताए। उनले निजी क्षेत्र निरुत्साहित भएमा लगानी घट्ने र युवाहरू विदेशिन बाध्य भई अर्थतन्त्र थप कमजोर हुने स्पष्ट पारे।

कोशी महासंघको नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष राजेन्द्र राउत र नवीन रिजालबीच प्रतिस्पर्धा हुँदैछ। निर्वाचन कार्यक्रम अनुसार आइतबार दिउँसो मनोनयन दर्ता भई बेलुकी ६ बजेदेखि ८ बजेसम्म मतदान हुनेछ। आजै राति मतगणना गरी निर्वाचन परिणाम घोषणा गर्ने तयारी छ। दुवै उम्मेदवार प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन्।

तपाइको प्रतिक्रिया
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.