रेशम चौधरीको पक्राउ पुर्जी बनाउने अधिकृत दोषी ठहर

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र २२, आइतबार १९:००

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका तत्कालिन संस्थापक नेता रेशम चौधरीको पक्राउ पुर्जी बनाउने सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्टलाई जिल्ला अदालत काठमाडौंले लिखतसम्बन्धी कसुरमा दोषी ठहर गरेको छ ।

न्यायाधीश खिमानन्द भुषालको इजलासले उनलाई दोषी ठहर गर्दै कैद तथा जरिवानाका लागि अर्को सुनुवाई गर्न आदेश दिएको छ । तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्छ ।

Advertisement

गत वैशाख १७ गते सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टले जारी गरेको पत्रका आधारमा पार्टी एकीकरणको घोषणापत्रमा पुगेका नागरिक उन्मुक्ति पार्टीका संरक्षण एवं पूर्वसांसद रेशम चौधरी पक्राउ परेका थिए ।

अदालतमा विचाराधिन विषय टुंगो नलाग्दै चौधरीलाई कैद पठाउने भनी जारी गरिएको पत्र अनधिकृत र गैरकानूनी भएको निक्यौल हुनासाथ केही घण्टामै चौधरी रिहा भएका थिए । पत्र पठाउने विष्टलाई प्रहरीले पक्राउ गरी मुद्दा दायर गरेको थियो ।

तपाइको प्रतिक्रिया
‘जीवनभर नभएको निन्दा यी तीन दिनमा खेपेँ’: सभापति थापा 
‘जीवनभर नभएको निन्दा यी तीन दिनमा खेपेँ’: सभापति थापा 
देउवाकै नेतृत्वमा १५ औँ महाधिवेशन गर्ने कांग्रेस इतर पक्षको निर्णय 
देउवाकै नेतृत्वमा १५ औँ महाधिवेशन गर्ने कांग्रेस इतर पक्षको निर्णय 
क्षेत्राधिकारभन्दा बाहिर गएर अस्पतालमा सिलबन्दी भयो  
क्षेत्राधिकारभन्दा बाहिर गएर अस्पतालमा सिलबन्दी भयो  
जसपा र लोसपा एकतापछि नयाँ केन्द्रीय समिति गठन 
जसपा र लोसपा एकतापछि नयाँ केन्द्रीय समिति गठन 
धनकुटाको साँगुरीगढीमा बस दुर्घटना 
धनकुटाको साँगुरीगढीमा बस दुर्घटना, तीन जना घाइते
विमानस्थलमा अपराधीजस्तो व्यवहार गरियो, के खोज्न खोजेको हो ?:  केपी ओली
विमानस्थलमा अपराधीजस्तो व्यवहार गरियो, के खोज्न खोजेको हो ?:  केपी ओली
नयाँ शिक्षा ऐनका लागि विराटनगरबाट ‘शिक्षा संवाद’ अभियान सुरु 
नयाँ शिक्षा ऐनका लागि विराटनगरबाट ‘शिक्षा संवाद’ अभियान सुरु 
भारतीय सेना प्रमुख आउँदै, मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिने
जनकपुरधाममा झुलनोत्सवको उल्लास
२ अर्ब ६४ करोडको अलैंची निर्यात, विश्वबजारमा ब्रान्डिङको चुनौती
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.