
विराटनगर। सुनचाँदीको मूल्य आज (शुक्रबार) बढेको छ। बिहीबार प्रतितोला २ लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा २२ सय रुपैयाँले बढेर २ लाख ९६ हजार ९ सय रुपैयाँ पुगेको छ।
आज प्रति १० ग्राम छापावाल सुनको मूल्य २ लाख ५४ हजार ५ सय ४५ रुपैयाँ तोकिएको छ।
चाँदीको मूल्य पनि आज तोलामा ८५ रुपैयाँले बढेको छ। आज प्रतितोला ४ हजार ९ सय ६० रुपैयाँमा चाँदीको किनबेच भइरहेको छ। यस्तै १० ग्राम चाँदीको मूल्य ४ हजार २ सय ४३ रुपैयाँ कायम भएको छ।



















