आर्थिक गणना सुरु, ४ हजार गणक खटिए

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २, बुधबार १३:१९

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले देशव्यापी ‘दोस्रो राष्ट्रिय आर्थिक गणना’ सुरु गर्दै करिब ४ हजार गणकलाई स्थलगत रूपमा परिचालन गरेको छ ।

उद्योग, व्यापार र सेवा क्षेत्रका प्रतिष्ठानहरूको वास्तविक अवस्था पहिचान गरी देशको अर्थतन्त्रको आकार मापन गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो । कार्यालयका अनुसार गणना असार ७ गतेसम्म सञ्चालन हुनेछ ।

Advertisement

यस अवधिमा देशभर रहेका उत्पादन, वितरण र सेवा प्रवाहमा संलग्न आर्थिक एकाइहरूको संख्या, रोजगारी अवस्था र भौगोलिक विस्तारसम्बन्धी विस्तृत विवरण संकलन गरिनेछ । कूटनीतिक निकाय, सुरक्षा संस्था र घरायसी प्रयोजनका गतिविधिहरू भने गणनामा समावेश गरिएका छैनन् ।

यसअघि २०७५ सालमा गरिएको पहिलो आर्थिक गणनाले करिब ९ लाख २३ हजार प्रतिष्ठान र ३२ लाखभन्दा बढी रोजगारी देखाएको थियो । यस पटक प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै जीआईएसमार्फत गणकको गतिविधि निगरानी तथा ‘ई–सेन्सस’ प्रणालीमार्फत ठूला व्यवसायीलाई अनलाइनबाटै विवरण दिने सुविधा दिइएको छ ।

संकलित तथ्यांकलाई गोप्य राखिने र समष्टिगत रूपमा मात्र प्रकाशन गरिने कार्यालयले जनाएको छ । नीति निर्माण, लगानी प्रवर्धन र रोजगारी विश्लेषणका लागि गणना महत्वपूर्ण आधार बन्ने छ ।

तपाइको प्रतिक्रिया
मोरङको लेटाङमा नयाँ प्रयोग : हिरासतमा पुस्तकालय, ड्रोनबाट निगरानी
पूर्वी तराईमा प्रहरीको ‘स्वीप अप्रेसन’ : गुण्डागर्दी र लागुऔषधविरुद्ध प्रहार, २५४ पक्राउ
झापामा ‘स्वीप अपरेसन’ : नशामा सवारी चलाउनेसहित ६२ जना पक्राउ, ब्राउन सुगर बरामद
वास्तविक सुकुम्वासीलाई सरकारले बसोवासको व्यवस्था मिलाउने
निर्वाचन प्रहरी भर्ना तथा परिचालन मापदण्ड स्वीकृत, १ लाख ४९ हजार म्यादी खटाइने
सुनसरी प्रहरीको ‘स्वीप अप्रेसन’ : १२० जना पक्राउ, लागुऔषध काराेबारीमाथि मुद्दा
लागुऔषध कारोबारी र गुण्डागर्दीविरुद्ध मोरङ प्रहरीको स्वीप अप्रेसन : ७२ जना पक्राउ
सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ
सुकुम्बासी बस्ती हटाउने योजना राेक्न एमनेस्टी इन्टरनेशनलकाे माग
सुनसरीमा तस्करीकाे सामान बरामद, चालक भागे
केन्द्रमा सरकार फेरिएपछि विराटनगरले पनि हटाउन थाल्यो फुटपाथकाे अतिक्रमण
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.