निर्माण व्यवसायीद्वारा ‘आपतकालीन अवस्था’ घोषणा गर्न माग

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र २९, आइतबार १७:४१

खाँदबारी। इन्धन तथा निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिका कारण निर्माण उद्योग गम्भीर संकटमा परेको भन्दै नेपाल निर्माण व्यवसायी संघ संखुवासभाले सरकारको ध्यानाकर्षण गराएको छ। आइतबार संघका महासचिव सुनिल श्रेष्ठद्वारा जारी विज्ञप्तिमा डिजेल, पेट्रोल, सिमेन्ट, रड र बिटुमिनजस्ता अत्यावश्यक सामग्रीको मूल्यवृद्धि र अभावले उद्योग नै धराशयी हुन लागेको उल्लेख गरिएको छ।

संघले नेपाल राष्ट्र बैंकको मूल्य सूचकांक र बजारको वास्तविक मूल्यबीच तालमेल नहुँदा व्यवसायीहरू थप मारमा परेको जनाएको छ। ‘बजारमा सामग्रीको मूल्य अत्यधिक बढ्दा पनि सरकारी सूचकांकमा घटेको देखिने प्रवृत्तिले व्यवसायीलाई आर्थिक भार थपेको छ,’ विज्ञप्तिमा भनिएको छ। करिब २५ लाख व्यक्तिलाई रोजगारी दिइरहेको यो क्षेत्र प्रभावित हुँदा समग्र अर्थतन्त्रमै असर पर्ने संघको ठहर छ।

Advertisement

निर्माण कार्य तीव्र हुने सिजनमै देखिएको यो संकट समाधानका लागि सरकारले निर्माण क्षेत्रलाई ‘आपतकालीन अवस्था’ घोषणा गरी राहत दिनुपर्ने संघको माग छ। साथै, हालको कानुनी जटिलता फुकाउन तत्काल ‘मूल्य समायोजन मार्गदर्शिका–२’ जारी गरी सबै आयोजनाहरूमा मूल्य समायोजनको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरिएको छ।

तपाइको प्रतिक्रिया
मोरङको लेटाङमा नयाँ प्रयोग : हिरासतमा पुस्तकालय, ड्रोनबाट निगरानी
पूर्वी तराईमा प्रहरीको ‘स्वीप अप्रेसन’ : गुण्डागर्दी र लागुऔषधविरुद्ध प्रहार, २५४ पक्राउ
झापामा ‘स्वीप अपरेसन’ : नशामा सवारी चलाउनेसहित ६२ जना पक्राउ, ब्राउन सुगर बरामद
वास्तविक सुकुम्वासीलाई सरकारले बसोवासको व्यवस्था मिलाउने
निर्वाचन प्रहरी भर्ना तथा परिचालन मापदण्ड स्वीकृत, १ लाख ४९ हजार म्यादी खटाइने
सुनसरी प्रहरीको ‘स्वीप अप्रेसन’ : १२० जना पक्राउ, लागुऔषध काराेबारीमाथि मुद्दा
लागुऔषध कारोबारी र गुण्डागर्दीविरुद्ध मोरङ प्रहरीको स्वीप अप्रेसन : ७२ जना पक्राउ
सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ
सुकुम्बासी बस्ती हटाउने योजना राेक्न एमनेस्टी इन्टरनेशनलकाे माग
सुनसरीमा तस्करीकाे सामान बरामद, चालक भागे
केन्द्रमा सरकार फेरिएपछि विराटनगरले पनि हटाउन थाल्यो फुटपाथकाे अतिक्रमण
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.