सुनसरीमा कारबाट गाँजा बरामद

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २, बुधबार १४:१६

विराटनगर । सुनसरीमा बुधबार कारबाट गाँजा बरामद भएको छ । इनरुवा नगरपालिका–१० मा शंकास्पद अवस्थामा रहेको कारलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीलाई देख्नसाथ चालकले को १ च ३६११ नम्बरको कारलाई भगाउन खोजेका थिए । प्रहरीले लखेट्दै गएपछि कार छाडेर बिहान १०ः३० बजेतिर चालक फरार भए । कारलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा पछाडि डिकीमा सेतो प्लाष्टिकको बोरामा प्याक गरेर राखेको अवस्थामा १५ किलो ६ सय ग्राम गाँजा फेला परेको प्रहरीको भनाइ छ ।

Advertisement

गाजाँसहित कारलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय इनरुवामा राखिएको छ । गाँजा कसले र कहाँ लैजान लागेको हो भन्ने यकिन छैन । कार कसको हो भन्ने पनि खुलेको छैन । थप अनुसन्धान अघि बढाएर चालकको खोजी तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
मोरङको लेटाङमा नयाँ प्रयोग : हिरासतमा पुस्तकालय, ड्रोनबाट निगरानी
पूर्वी तराईमा प्रहरीको ‘स्वीप अप्रेसन’ : गुण्डागर्दी र लागुऔषधविरुद्ध प्रहार, २५४ पक्राउ
झापामा ‘स्वीप अपरेसन’ : नशामा सवारी चलाउनेसहित ६२ जना पक्राउ, ब्राउन सुगर बरामद
वास्तविक सुकुम्वासीलाई सरकारले बसोवासको व्यवस्था मिलाउने
निर्वाचन प्रहरी भर्ना तथा परिचालन मापदण्ड स्वीकृत, १ लाख ४९ हजार म्यादी खटाइने
सुनसरी प्रहरीको ‘स्वीप अप्रेसन’ : १२० जना पक्राउ, लागुऔषध काराेबारीमाथि मुद्दा
लागुऔषध कारोबारी र गुण्डागर्दीविरुद्ध मोरङ प्रहरीको स्वीप अप्रेसन : ७२ जना पक्राउ
सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ
सुकुम्बासी बस्ती हटाउने योजना राेक्न एमनेस्टी इन्टरनेशनलकाे माग
सुनसरीमा तस्करीकाे सामान बरामद, चालक भागे
केन्द्रमा सरकार फेरिएपछि विराटनगरले पनि हटाउन थाल्यो फुटपाथकाे अतिक्रमण
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.