विराट गोल्डकप सुरु हुँदै, उद्घाटनमा झापा–११ र आर्मी भिड्दै

Share this
713shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र २८, शनिबार ०८:१२

विराटनगर । विराटनगरमा लामो इतिहास बोकेको विराट गोल्डकप फुटबल प्रतियोगिताको ३८ औं संस्करण आज (शनिबार)देखि औपचारिक रूपमा सुरु हुँदैछ ।

सहिद रंगशालामा हुने उद्घाटन खेलमा झापा–११ र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । गोल्डकप साँझ ६ बजेदेखि सुरु हुने आयोजक विराट गोल्डकप ट्रष्टले जनाएको छ । झापा–११ र आर्मी २०७१ सालको फाइनलमा आमनेसामने भएका थिए ।

त्यतिबेला आर्मीमाथि हाबी हुँदै झापा–११ ले उपाधि उचालेको थियो । फेरि विराट गोल्डकपमा ११ वर्षपछि झापा–११ र आर्मीको भेट हुन लागेको हो । त्यतिबेला फाइनल भिडन्तमा उत्रिएका यी दुई टोलीबीच यसपटक भने उद्घाटनमै भेट हुँदैछ ।

देशकै पुराना फुटबल प्रतियोगितामध्ये एक मानिने यस गोल्डकप २०१८ सालमा तत्कालीन महेन्द्र गोल्डकपको नामबाट सुरु भएको थियो । समयसँगै नाम परिवर्तन हुँदै अहिले विराट गोल्डकपको रूपमा सञ्चालन भइरहेको छ ।

प्रतियोगिता यसपटक नयाँ विशेषता र स्थानीय सहभागितासहित सुरु हुन लागेको हो । प्रतियोगिता आगामी वैशाख ५ गतेसम्म सञ्चालन हुनेछ । विराट गोल्डकप ट्रष्टका अनुसार मैदान, फ्लड लाइट र टिकट व्यवस्थापन, ब्यानर तथा होर्डिङ बोर्ड जडानलगायत प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको छ ।

ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीका अनुसार यसपटकको प्रतियोगितामा पहिलोपटक मोरङ जिल्ला लिग विजेता सम्राट स्पोर्टिङ फुटबल क्लबलाई अवसर दिइएको छ । जसलाई प्रतियोगिताको एउटा महत्वपूर्ण नयाँ अभ्यासका रूपमा लिइएको छ ।

प्रतियोगितामा कोमल खवासको कप्तानीमा रहेको सम्राट स्पोर्टिङसहित व्यावसायिक तथा विभागीय क्लब र भारतीय टिमको पनि सहभागिता रहने छ । विभागीय टोलीहरु त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ एफसीसहित सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाईज युनाइटेड, मच्छिन्द्र फुटबल क्लब, झापा–११ तथा भारतको अल झारखण्ड विरसा मुन्डा फुटबल एकेडेमीले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेता टोलीले ११ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । साथै प्रत्येक खेलमा उत्कृष्ट खेलाडी, सर्वश्रेष्ठ गोलरक्षक, सर्वाधिक गोलकर्ता लगायत विभिन्न चार विधामा व्यक्तिगत पुरस्कारको व्यवस्था गरिएको छ ।

यस वर्ष प्रतियोगिताको अनुमानित बजेट खर्च १ करोड ५ लाख रुपैयाँ रहेको छ । आयोजकका अनुसार आवश्यक स्रोत व्यवस्थापन, प्रायोजन र टिकट बिक्रीमार्फत खर्च व्यवस्थापन गरिनेछ ।

विराट गोल्डकपको इतिहास लामो र गौरवशाली छ । २०१८ सालमा सुरु भएको यो प्रतियोगिताले नेपालमा फुटबल विकासमा महत्वपूर्ण भूमिका खेलेको मानिन्छ । विभिन्न समयमा भारतका विभिन्न क्लबहरूको सहभागिता, विभागीय टोलीहरूको प्रतिस्पर्धा र स्थानीय क्लबहरूको उदयले यस प्रतियोगितालाई निरन्तर आकर्षक बनाउँदै आएको छ ।

गोल्डकपको सुरुवातसँगै सहिद रंगशालामा दर्शकको ठूलो उपस्थिति रहने अपेक्षा गरिएको छ । आयोजकले खेलप्रेमीहरूलाई प्रतियोगिता सफल बनाउनका लागि सहयोग गर्न आग्रह गरेको छ ।

यस्तो छ विराट गोल्डकपको तालिका

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×