इक्युवालिटी कपको फाइनलमा विराटनगर र सप्तरी

Share this
676shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र २८, शनिबार १७:२८
इक्युवालिटी कपको फाइनलमा विराटनगर र सप्तरी

विराटनगर । विराटनगरमा जारी ५ औँ इक्युवालिटी कप क्रिकेट प्रतियोगिताको फाइनलमा विराटनगर हब र सप्तरीको राजविराज हब पुगेका छन् ।

एक दिनको खेल बाँकी छँदै दुवै टोली फाइनलमा पुगेका हुन् । खेल तालिकाको आधारमा सप्तरीको राजविराज हब २ खेलमा दुवै जित्दै ४ अंकका साथ शीर्ष स्थानमा रहेको छ । विराटनगरले २ खेलमा दुवै जित्दै ४ अंकका साथ दोस्रो स्थानमा छ भने सिरहा हब २ खेलमा दुवै हार्दै अंकविहीन तेस्रो र नेपाल क्रिकेट फाउण्डेसन (एनसीएफ) २ खेलमा हार्दै तालिकाको पुच्छरमा रहेको छ ।

नेपाल क्रिकेट फाउन्डेसनद्वारा आयोजित प्रतियोगिताको शनिबारको दोस्रो खेलमा सप्तरीले नेपाल क्रिकेट फाउन्डेसन (एनसीएफ) लाई ११९ रनको फराकिलो स्कोरमा पराजित गरेको हो ।

एनसीएफले टस जितेर बलिङ गर्ने निर्णय गरेसँगै सप्तरीले पहिले ब्याटिङको अवसरमा पाएको थियो ।
पहिले ब्याटिङ थालेको सप्तरीले २० ओरभमा ५ विकेटको क्षतिमा १५० रन बनायो । साक्षी यादवले ७० रन र साक्षी देवले १७ रनको योगदान गरे । बलिङ एनसीएफकी अनिशा थापा, सञ्जिता खड्का, तनुजा मगर, सन्जु परियार र झरना घिमिरेले समान १–१ विकेट लिए ।

१५१ रनको लक्ष्य पछ्याउने क्रममा एनसीएफले १९ ओभर २ बलमा सबै विकेट गुमाउँदै ३१ रनमै समेटियो । कसैले पनि दोहोरो अंक बनाउन सकेनन् । बलिङमा सप्तरीकी सञ्चिता यादवले २ विकेट र सुस्मिता यादवले १ विकेट लिए ।

खेलको प्लेयर अफ द म्याच सप्तरीकी साक्षी यादव भइन् । प्रतियोगिताअन्तर्गत आइतबारको पहिलो खेल सिरहा र एनसीएफ तथा दोस्रो विराटनगर र सप्तरीबीच हुने आयोजकले जनाएको छ ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×