विराट गोल्डकपको सेमिफाइनलमा चर्च ब्वाइज

Share this
677shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र २९, आइतबार २३:४२
विराट गोल्डकपको सेमिफाइनलमा चर्च ब्वाइज

विराटनगर  । विराटनगरमा जारी ३८ औँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा पूर्वविजेता एपीएफ क्लबलाई स्तब्ध पार्दै चर्च ब्वाइज युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ । सहिद रंगशालामा आइतबार राति भएको खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफलाई १–० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइजले सेमिफाइनल यात्रा तय गरेको हो ।

चर्च ब्वाइजको जितमा समीर तामाङले गरेको गोल नै निर्णायक बन्यो । प्रतिस्पर्धात्मक खेलको २७ औँ मिनेटमा समीरले गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाएका थिए । आशिष सोनामले दायाँ भागबाट उपलब्ध गराएको क्रस पासलाई नियन्त्रणमा लिँदै समीरले जाली चुमाएका थिए । समीर नै खेलको ‘प्लेयर अफ द म्याच’ घोषित हुँदै ११ हजार रुपैयाँ पुरस्कार पाए ।

एक गोलले पछि परेको एपीएफले खेलभरि गोलका थुप्रै अवसर सिर्जना गरे पनि फिनिसिङमा चुक्दा प्रतियोगिताबाट बाहिरिनु पर्यो । पहिलो हाफको ४४ औँ मिनेटमा एपीएफका मणिकुमार लामाले डिबक्सभित्रबाट गरेको प्रहार पोस्टको थोरै माथिबाट बाहिरिएको थियो ।

दोस्रो हाफमा एपीएफ थप आक्रामक देखिएको थियो । ५० औँ मिनेटमा प्रदीप लामाको प्रहारलाई चर्च ब्वाइजका गोलरक्षक दीप कार्कीले उत्कृष्ट बचाउ गरे । ६३ औँ मिनेटमा सविन गुरुङले गोल गर्ने सुन्दर मौका गुमाए । यता चर्च ब्वाइजले पनि अग्रता दोब्बर बनाउने अवसर पाएको थियो । ६९ औँ मिनेटमा सुरज गौतमको कडा प्रहार पोस्टमा लाग्दै फर्किएपछि चर्च ब्वाइज थप गोल गर्नबाट चुक्यो ।

२०७८ सालको संस्करणमा भारतीय टोली पन्जाब पुलिसलाई हराएर उपाधि जितेको एपीएफ यसपटक पहिलो खेलबाटै बाहिरिएको छ । उपाधि दाबेदार मानिएको एपीएफले आधा दर्जनभन्दा बढी गोलका अवसर सदुपयोग गर्न सकेन ।

प्रतियोगिताअन्तर्गत सोमबार विभागीय नेपाल पुलिस क्लब र मच्छिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुने ट्रष्टका प्रवक्ता धनकुमार लामाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×