सडेनडेथको नाटकीय जितसँगै मछिन्द्र सेमिफाइनलमा

Share this
709shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ बैशाख २, बुधबार ०७:११

इटहरी । सुनसरीको इटहरी रंगशालामा जारी १६औं इटहरी गोल्डकपको दोस्रो क्वाटरफाइनल खेल अत्यन्त रोमाञ्चक मोडमा टुंगिएको छ ।

साबिक विजेता मछिन्द्र फुटबल क्लबले झापा–११ फुटबल क्लबलाई सडेनडेथमा ८–७ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।
निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिन खोजिएको थियो ।

त्यसमा दुवै टोलीले ५–५ गोल गरेपछि खेल सडेनडेथमा पुगेको थियो । निर्णायक क्षणमा झापाका गोलकिपर मौसम मगरको प्रहार बाहिरिएपछि मछिन्द्रको जित सुनिश्चित भयो । खेलमा झापा–११ ले दोस्रो हाफको ५५औं मिनेटमा बाबा टुण्डेको गोलबाट अग्रता लिएको थियो ।

तर, ८८औं मिनेटमा मछिन्द्रले पेनाल्टी अवसर पाएको थियो । जसलाई सनिस श्रेष्ठले गोलमा परिणत गर्दै खेल बराबरीमा ल्याएका थिए । त्यसपछि दुवै टोलीले थप गोल गर्न नसक्दा खेल टाइब्रेकरतर्फ धकेलिएको हो ।

टाइब्रेकरबाट पनि सम्भव नभएपछि खेलको निर्णय सडेनडेथबाट लिइएको हो । टाइब्रेकरमा मछिन्द्रका देवेन्द्र तामाङ, सनिस श्रेष्ठ, दीपेश गुरुङ, मिलन राई, शौरभ लिम्बू, एलिक श्रेष्ठ, विशाल भण्डारी र रोहित चन्दले सफल प्रहार गरेका थिए । पेमा तामाङको प्रहार भने झापाका गोलकिपरले बचाएका थिए ।

झापाका तर्फबाट प्रसान्त लिम्बू, निशान बस्नेत, बाबा टुण्डे, सलोमन किंग, राजेश दाहाल र किरण सुमारले गोल गरे । उत्कृष्ट प्रदर्शन गरेका सनिस श्रेष्ठ प्लेयर अफ दी म्याच घोषित हुँदै नगद १० हजार रुपैयाँ प्राप्त गर्न सफल भए ।

बुधबार हुने तेस्रो क्वाटरफाइनलमा आयोजक राष्ट्रिय जागृति क्लबले सातदोबाटो युथ क्लब ललितपुरसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।

तपाइको प्रतिक्रिया
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
राजबहादुर शाह सर्वाधिक व्यक्तिगत करदाता घोषित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.