विराट गोल्डकपको सेमिफाइनल सुरु हुँदै, पुलिस क्लब र झापा–११ भिड्दै

Share this
654shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ बैशाख २, बुधबार ०८:५७

विराटनगर । विराटनगरमा जारी ३८ औँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलअन्तर्गतको प्रतिस्पर्धा आज (बुधबार)बाट सुरु हुँदैछ ।

पहिलो सेमिफाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र झापा–११ बीच प्रतिस्पर्धा हुँदैछ । विराटनगरको सहिद रंगशालामा खेल साँझ ६ बजेपछि सुरु हुने आयोजकले जनाएको छ । बुधबारको विजेता टोलीले वैशाख ५ गते उपाधि रक्षाका लागि भिड्नुपर्ने हुन्छ । पुलिस र झापा–११ दुवै पूर्वविजेता टिम हुन् ।

झापा–११ विराट गोल्डकपको २०७१ सालको विजेता टोली हो । उद्योगी राजेन्द्र राउतको संयोजकत्वमा त्यतिबेला गोल्डकप आयोजना हुँदा उपाधि हात पारेको झापाले फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको थियो । गोल्डकपको ३८ औं संस्करणको उद्घाटन खेलमा गत शनिबार आर्मीलाई २–१ गोल अन्तरले हराएर झापा सेमिफाइनल प्रवेश गरेको हो ।

२०७२ सालमा आयोजित गोल्डकपमा भने झापा अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग स्तब्ध भएको थियो । त्यतिबेला पुलिससँग १–० गोल अन्तरले पराजित हुँदा झापा उपविजेतामा खुम्चिएको थियो ।

२०७२ सालमा साबिक विजेता झापा–११ लाई फाइनलमा १–० ले निराश बनाउँदै उपाधि उचालेको नेपाल पुलिस क्लब यसपटक गत सोमबार मछिन्द्र फुटबल क्लबलाई सडेन डेथमा हराउँदै सेमिफाइनल पुगेको हो । मछिन्द्रमाथि कठिन जित निकालेको पुलिसको ३८ औं संस्करणमा भने सेमिफाइनलमै झापा–११ सँग भेट हुनेछ ।

पुलिस क्लबले यसअघि २०३४, २०५९ र २०६० सालमा पनि उपाधि चुमेको थियो । पुलिसले विराट गोल्डकपको अधिकांश प्रतियोगितामा सहभागिता जनाएको छ । तर, अधिकांश प्रदर्शन पुलिस क्लबका लागि बिर्सनलायक रहेका छन् ।

यसैबीच, मंगलबार राति सम्पन्न खेलमा विदेशी पाहुना टोली भारत झारखण्डको बिर्सा मुन्डा स्पोर्ट्स एकेडेमीलाई ३–१ गोल अन्तरले पराजित गर्दै घरेलु टोली सम्राट स्पोर्टिङ क्लब विराटनगर सेमिफाइनलमा प्रवेश गरेको छ । सम्राट र झारखण्डबीचको प्रतिस्पर्धा सकिएसँगै गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको हो ।

दोस्रो सेमिफाइनल खेल बिहीबार हुने छ । दोस्रो सेमिफाइनलमा सम्राट र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ । चर्च ब्वाइज विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफलाई १–० गोल अन्तरले पराजित गर्दै आइतबार सेमिफाइनलमा प्रवेश गरेको टिम हो । सम्राट र चर्च ब्वाइजबीचको विजेता टोलीले उपाधिका लागि पुलिस र झापाबीचको विजेतासँग वैशाख ५ गते खेल्ने विराट गोल्डकप ट्रस्टका प्रवक्ता धनकुमार लामाले बताए ।

तपाइको प्रतिक्रिया
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
राजबहादुर शाह सर्वाधिक व्यक्तिगत करदाता घोषित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.