आईटीएफ एसियाकाे सेमिफाइन समीकरण पूरा

Share this
747shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ बैशाख २, बुधबार १८:१४
आईटीएफ एसियाकाे सेमिफाइन समीकरण पूरा

काठमाडौं । आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस प्रतियोगिता (दक्षिण एसियाली क्षेत्रीय छनोट) को ब्वाइजमा बुधबार सेमिफाइनल समीकरण पूरा भएको छ ।

समूह ‘ए’ बाट भारत विजेता तथा श्रीलंका उपविजेताका बन्दै सेमिफाइनलमा पुगेका छन् । समूह ‘बी’ बाट पाकिस्तान र नेपाल क्रमशः पहिलो र दोस्रो हुँदै सेमिफाइनलमा स्थान पक्का गरे । सेमिफाइनलमा भारतको भेट नेपालसँग हुनेछ भने श्रीलंकाले पाकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्ने छ ।

सेमिफाइनल जित्ने टोली सेप्टेम्बर १५ देखि २० तारिखसम्म सिंगापुरमा हुने एसियाली फाइनल प्रतियोगिताका लागि छनोट हुने छन् । ब्याइजमा बंगलादेश बाहेक ६ राष्ट्र सहभागी छन् । सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइएको छ ।

सातदोबाटोस्थित टेनिस कोर्टमा बुधबार ब्वाइज / गल्समा समान २–२ गरी ४ खेल सम्पन्न भए । नेपालको दुवै टोलीले प्रतिस्पर्धा गरेको थियो । दुवैमा नेपाल समान ३–० को नतिजामा पराजित भयो ।

ब्याइजमा पाकिस्तानले नेपाललाई पराजित गर्यो । सिंगल्समा पाकिस्तानका मुहम्मद आयानले सभ्यजंग कार्कीलाई ६–० र ६–२ तथा पाकिस्तानका मुहम्मद गिलले आरित मल्ललाई ६–२ र ६–१ को सोझो सेटमा पराजित गरे । डबल्समा पाकिस्तानका मुहम्मद फाइजन र गिलको जोडीले साहंश बस्नेत र सभ्यजंगको जोडीलाई ६–२ र ६–१ ले हराए । ब्वाइजमै भारतले श्रीलंकालाई ३–० ले पाखा लगायो ।

पाँच राष्ट्र सहभागी  गल्सकाे राउन्ड रोविन लिगमा भारत र मालदिभ्सले जित आत्मसात् गरे । भारतले नेपाललाई ३–० ले पन्छायो । सिंगल्समा भारतकी पी चटर्जीले आर्या पौडेललाई ६–२ र ६–१ भारतकी  आशिष कौरले सारा पन्तलाई ६–० र ६–२ तथा डबल्समा भारतका चौधरी सिंह र आशिष कौरको जोडीले नाइरा घले र सारा पन्तको जोडीलाई ४–६, ६–३ र १०–४ ले पराजित गरे । माल्दिभ्सले पाकिस्तानमाथि ३–० को जित दर्ता गर्याे ।

तेस्रो दिनको खेल समाप्तिसम्म  गल्समा समान २–२ खेलेका भारत, श्रीलंका र नेपालले क्रमशः २, २ र १ खेलमा जित हात पारेका छन् । माल्दिभ्स र पाकिस्तानले समान ३–३ खेल खेलिसकेका छन् । मालदिभ्सले १ मा जित निकालेको छ भने पाकिस्तान जितविहीन छ । गल्स पनि शीर्ष २ स्थानमा टोली एसियाली फाइनल प्रतियोगिताका लागि छानिने छ ।

तपाइको प्रतिक्रिया
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
राजबहादुर शाह सर्वाधिक व्यक्तिगत करदाता घोषित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.