खर्च अभावमा अस्पतालमै बन्धक शिवलाई चौधरीको उद्धार

Share this
669shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ५, शनिबार ०६:००

विराटनगर । विराटनगरमा उपचार खर्च तिर्न नसक्दा अस्पतालमै बन्धक बनेका सिन्धुली दुधौली नगरपालिका–७ का १९ वर्षीय शिव सदा अन्ततः सहयोग पाएपछि डिस्चार्ज भएका छन् ।

गत २७ चैतमा विष सेवन गरेपछि उनलाई आमा मघिया सदा र श्रीमती कृतिकाले कटारी हुँदै कोशी अस्पताल पुर्‍याएका थिए । तर, कोशी अस्पतालमा अक्सिजन अभाव देखाउँदै अन्यत्र लैजान भनिएपछि उनलाई विराटनगरस्थित विराट निदान हस्पिटल एन्ड ट्रमा सेन्टरमा भर्ना गरिएको थियो । त्यहाँ आईसीयूमा राखेर उपचार गरियो ।

उपचारपछि शिवको ज्यान त जोगियो, तर अस्पतालको ६२ हजार ६०० र औषधिको ७६ हजार ५८६ गरी कुल १ लाख ३९ हजार १८६ रुपैयाँ बिल लाग्यो । विपन्न परिवारले ऋण खोजेर जम्मा १५–२० हजार रुपैयाँ मात्र तिर्न सकेपछि बाँकी रकम नतिर्दासम्म अस्पतालले उनलाई रोकेको थियो ।

यसैबीच, पैसा जुटाउनलाई भनेर आमा मघिया ३ सय किलोमिटर टाढा सिन्धुलीतर्फ पैदलै हिँडेपछि सम्पर्कविहीन बनेकी थिइन् । घटना सञ्चारमाध्यममा सार्वजनिक भएपछि सिजी होल्डिङ्सका अध्यक्ष अरुणकुमार चौधरीले १ लाख रुपैयाँ सहयोग गरे ।

त्यसपछि अस्पतालले २४ हजार १८६ रुपैयाँ छुट दिँदै शिवलाई डिस्चार्ज गर्यो । घर फर्किने भाडासमेत नभएका उनलाई अस्पताल सञ्चालक अजय यादवले २ हजार रुपैयाँ दिए । डिस्चार्जपछि शिवले सहयोगीप्रति आभार व्यक्त गरेका छन् ।

उपचारको पैसा तिन नसक्दा विराट निदान अस्पतालमा बिरामी बन्धक 

तपाइको प्रतिक्रिया
प्रधानमन्त्रीको टिप्पणी : पदीय मर्यादामाथि प्रश्न
इनरुवामा बरामद गाँजा २,५६६ किलो
खाम्लेतदेखि राष्ट्रसेवासम्म : पाँच दाजुभाइको प्रेरणादायी यात्रा
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका
मोरङको बूढीगंगामा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा युवकको मृत्यु
अन्नपूर्ण आधार शिविरमा बढ्यो पर्यटकको चाप
कांग्रेसको आगामी दशकका लागि थापाले अघि सारे ‘पुनर्जागरण र समुन्नति’को खाका
जेनजी आन्दोलनका मुद्दा फिर्ता लिन मिल्छ ? समितिले दियो यस्तो राय
दसैँका लागि डोल्पाबाट भेडाच्याङ्ग्रा ल्याउन थालियो
वैकल्पिक मार्गमा तस्करी रोक्न झापा प्रशासनको निगरानी, १५ दिनमा सुरक्षा प्रतिवेदन बुझाउनुपर्ने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×