चन्द्रगढी महिला गोल्डकपः भुटान र चर्च ब्वाइज खेल्दै

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ६, आइतबार १२:५४
प्रदान गरिने छ । उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँ पाउने सचिवालय प्रमुख हिमाल खरेलले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल वैशाख १४ गते हुनेछ ।

भद्रपुर । चन्द्रगढी महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको आइतबार (आज) भुटान र नेपालको टिम प्रतिस्पर्धा गर्दै छन् ।

प्रतियोगिताअन्तर्गत भद्रपुरस्थित मेची रंगशालामा दोस्रो दिनको खेलमा भुटानको थिम्पु सिटी फुटबल क्लब र चर्च ब्वाइज युनाइटेडबीच हुने आयोजकले जनाएको छ ।

Advertisement

भुटानी टोली नेपालमा पहिलो पटक महिला फुटबल प्रतियोगितामा सहभागी हुँदैछ भने चर्चको महिला टिम मध्यम लयको अवस्थामा रहेको छ ।  उसले गत वर्ष कात्तिकमा झापाको दुधेमा भएको महिला गोल्डकपमा नेपाल पुलिस क्लबसँग ८–० को हार व्यहोर्ने परेको थियो ।

प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, आरएस पोखरा फुटबल क्लब, भुटानको थिम्पु सिटी क्लब, चर्च ब्वाइज युनाइटेड, नेपाल पुलिस क्लब, आयोजक चन्द्रगढी युवा क्लब, भारतको रानी लक्ष्मीबाई स्पोर्ट्स एकेडेमी, सशस्त्र प्रहरीको (एपीएफ क्लब), संकटा फुटबल क्लब र ओखलढुंगाको पदमा स्पोर्टस् क्लबको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले नगद ११ लाख रुपैयाँ र ट्रफी पाउने छ । त्यस्तै, उपविजेताले ५ लाख रुपैयाँ र ट्रफी पाउने आयोजक चन्द्रगढी युवा क्लबका अध्यक्ष रोहित सुब्बाले बताए । यो पुरस्कार राशि महिला फुटबलमा नेपालकै सर्वाधिक हो ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ११ हजार रुपैयाँ पाउनेछ । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ प्रदान गरिने छ । उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँ पाउने सचिवालय प्रमुख हिमाल खरेलले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल वैशाख १४ गते हुनेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.