फाइनलअघि खेलाडी भगाइएको सम्राट क्लबको आरोप

Share this
767shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ६, आइतबार १६:२७
फाइनलअघि खेलाडी भगाइएको सम्राट क्लबको आरोप

विराटनगर । विराटनगरमा जारी ३८ औं विराट गोल्डकपको फाइनल खेलअघि घरेलु टोली सम्राट स्पोर्टिङ क्लबले आफ्ना दुई खेलाडी ‘भगाइएको’ गम्भीर आरोप लगाएको छ।

शनिबार वर्षाका कारण स्थगित भएर आइतबारका लागि सारिएको झापा–११ विरुद्धको निर्णायक खेलअघि एन्फाका एक सदस्यको संलग्नतामा खेलाडी भगाइएको क्लबको दाबी छ। क्लबका अध्यक्ष किरण गिरीले सामाजिक सञ्जालमार्फत मोरङ फुटबलका नेतृत्वकर्ताहरूले षड्यन्त्र गरेको आरोप लगाउँदै यसको हिसाब–किताब हुने चेतावनी दिएका छन् । उनले लेखेका छन्, ‘मोरङ फुटबलका ठालुहरूको हैसियत देखियो ! दलाल सबैको हिसाबकिताब हुन्छ।’

यता, मोरङ जिल्ला फुटबल संघका अध्यक्ष सञ्जीव बुढाथोकीले भने यी आरोपहरूको खण्डन गरेका छन् । उनले क्लब र खेलाडीबीचको आन्तरिक सम्झौताको विषय हुनसक्ने भन्दै बिना आधार संस्थालाई दोष लगाउनु गलत भएको बताएका छन् । पहिलो पटक सहभागी भएर फाइनल पुगेको सम्राट स्पोर्टिङले खेलअघि नै खेलाडी हराएपछि प्रतियोगितामा नयाँ मोड आएको छ ।

शनिबार स्थगित भएको फाइनल खेल आइतबार (आज) साँझमा विराटनगरको सम्राट स्पोर्टिङ क्लब र झापाको झापा ११ बीच खेल हुनेछ ।

 

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×