कुशल भुर्तेलको शानदार ब्याटिङ, नेपाल र यूएईबीचको टी-२० सिरिज बराबरी

Share this
765shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ८, मंगलबार २०:१५

काठमाडौं । नेपाल र यूएईबीचको दुई खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिज बराबरीमा टुंगिएको छ। दोस्रो खेलमा नेपालले यूएईमाथि प्रभावशाली जित निकाल्दै सिरिज १-१ को स्थितिमा ल्याएको हो।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा १२९ रनको लक्ष्य पछ्याएको नेपालले मात्र २ विकेट गुमाएर सहज जित दर्ता गर्‍यो। नेपालको जितमा ओपनर कुशल भुर्तेलले उत्कृष्ट प्रदर्शन गरे। उनले ५७ बलमा १२ चौका र २ छक्का प्रहार गर्दै अविजित ८४ रन बनाए। त्यस्तै दीपेन्द्र सिंह ऐरी २३ रनमा अविजित रहे भने कुशल मल्लले १९ रनको योगदान गरे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२८ रन बनाएको थियो। यूएईका लागि अक्षदीप नाथले अविजित ५३ रनको अर्धशतकीय पारी खेले भने मुहम्मद अर्फानले ३२ र अदीव उस्मानीले ३० रन जोडे। अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन जोड्न सकेनन्।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए। यस्तै हेमन्त धामीले २ तथा नन्दन यादव र साहब आलमले १–१ विकेट हात पारे। यसअघि सोमबार भएको पहिलो खेलमा यूएई विजयी भएको थियो।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×