चन्द्रगढी महिला गोल्डकप: १० खेलाडीमा सीमित पुलिस सेमिफाइनलमा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ९, बुधबार २०:२९

भद्रपुर । झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकपमा भारतको रानी लक्ष्मीबाई फुटबल एकेडेमीलाई ५–१ गोल अन्तरले पराजित गर्दै नेपाल पुलिस फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। खेलको सुरुवाती १४ औँ मिनेटमै आफ्ना मुख्य गोलकिपरले रातो कार्ड पाएपछि १० खेलाडीमा सीमित भए पनि पुलिसले उत्कृष्ट पुनरागमन गर्दै फराकिलो जित दर्ता गरेको हो।

खेलको १४ औँ मिनेटमा पुलिसकी गोलकिपर उषा नाथले डिबक्स बाहिर बल समातेपछि मैदान बाहिरिनुपरेको थियो। सोही समयमा पाएको फ्रिकिकको सदुपयोग गर्दै लक्ष्मीबाईकी हेमन्ती कुमारीले गोल गरी टोलीलाई सुरुवाती अग्रता दिलाइन्। १–० ले पछि परेको पुलिसका लागि ३८ औँ मिनेटमा रेखा पौडेलले बराबरी गोल फर्काइन्। दोस्रो हाफमा आक्रामक बनेको पुलिसका लागि कप्तान अमृता जैसी, सम्झना लावती, मिना देउवा र पूजा रानाले थप एक–एक गोल गरे।

Advertisement

खेलको ‘प्लेयर अफ द म्याच’ पुलिसकी पूजा राना घोषित भइन्। उनले नगद ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन्। अब सेमिफाइनलमा पुलिसले आफ्नो चिरपरिचित प्रतिद्वन्द्वी त्रिभुवन आर्मी फुटबल क्लबको सामना गर्नेछ। भोलि बिहीबार हुने अन्तिम क्वार्टर फाइनल खेल सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब र संकटा फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ।

नेपालकै सर्वाधिक पुरस्कार राशि रहेको यस प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई १ लाख तथा विधागत उत्कृष्ट खेलाडीहरूलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ।

तपाइको प्रतिक्रिया
सेयर बजारमा ४ अर्बको चलखेल: बीमा कम्पनीको फन्ड दुरुपयोग भएको बोर्डको निष्कर्ष
कोशी प्रदेशको आगामी बजेट: ‘प्रोजेक्ट बैंक’ बाहिरका योजनाले बजेट नपाउने
हिरासतमा विकको मृत्यु: दलित आयोगद्वारा निष्पक्ष छानबिनको माग
इलाम गोल्डकप: मच्छिन्द्रको सानदार जित, पथरीलाई हराउँदै फाइनलमा
नेपथ्यको क्यानडा यात्रा लन्डन कन्सर्ट : दर्शकको उत्साहजनक उपस्थिति
चन्द्रगढी महिला गोल्डकप: १० खेलाडीमा सीमित पुलिस सेमिफाइनलमा
शून्य बाँकी फाइल सप्ताह: फर्छ्योट हुन नसकेका फाइलको विवरण बुझाउन सरकारको आह्वान
मिथ्या सूचना र भ्रम फैलाउनेमाथि कारबाही गर्ने मन्त्रालयको चेतावनी
रुस-युक्रेन युद्धको भुमरीमा नेपाली: ११८ को मृत्यु, सयौँ बेपत्ता र घाइते
सहकारीको बचत फिर्ताका लागि महान्यायाधिवक्ता र सीआईबीसँग छलफल
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.