नेपथ्यको क्यानडा यात्रा लन्डन कन्सर्ट : दर्शकको उत्साहजनक उपस्थिति

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ९, बुधबार २०:३१

नेपाली लोकरक ब्यान्ड नेपथ्यले यस वर्षको आफ्नो शृङ्खलाबद्ध क्यानडा सांगीतिक यात्रा शनिबार ओन्तारियो राज्यको लन्डनस्थित ‘लन्डन म्युजिक हल’ मा अन्तिम कन्सर्ट गर्दै सम्पन्न गरेको छ । सानो सहर भए पनि नेपाली र विदेशी दर्शकको भव्य उपस्थितिमाझ दुई साता लामो यो यात्राको समापन गरिएको हो ।

कन्सर्टमा ‘सा कर्णाली’ बाट सुरु भएको प्रस्तुतिले दुई घण्टासम्म दर्शकलाई सांगीतिक ऊर्जामा बाँधिराख्यो । कार्यक्रममा लन्डन सहरका मात्र नभई ओटावाबाट सात घण्टाको मोटर यात्रा गरेर आएका नेपाली परिवारहरूको समेत सहभागिता थियो । गायक अमृत गुरुङले मञ्चबाट विदेशमा रहेका नेपालीलाई एकताबद्ध भएर बस्न र आफ्नो देशलाई नबिर्सन आग्रह गरे । कन्सर्ट हेर्न आएका भुटानी नेपालीदेखि स्थानीय क्यानडेली नागरिकसम्मले नेपथ्यको संगीत र प्रस्तुति शैलीको प्रशंसा गरेका छन् ।

Advertisement

क्यानडाको सदबरी सहरबाट सुरु भएको यो सांगीतिक यात्रा टोरन्टो हुँदै लन्डनमा पुगेर टुङ्गिएको हो । कलाकार, प्राविधिक र व्यवस्थापन गरी १४ सदस्यीय टोली स्वदेश फर्किसकेको छ । क्यानडाको सफल भ्रमणपछि नेपथ्यले आगामी महिना न्युजिल्यान्डको भ्रमण गर्ने तयारी गरेको छ ।

तपाइको प्रतिक्रिया
सेयर बजारमा ४ अर्बको चलखेल: बीमा कम्पनीको फन्ड दुरुपयोग भएको बोर्डको निष्कर्ष
कोशी प्रदेशको आगामी बजेट: ‘प्रोजेक्ट बैंक’ बाहिरका योजनाले बजेट नपाउने
हिरासतमा विकको मृत्यु: दलित आयोगद्वारा निष्पक्ष छानबिनको माग
इलाम गोल्डकप: मच्छिन्द्रको सानदार जित, पथरीलाई हराउँदै फाइनलमा
नेपथ्यको क्यानडा यात्रा लन्डन कन्सर्ट : दर्शकको उत्साहजनक उपस्थिति
चन्द्रगढी महिला गोल्डकप: १० खेलाडीमा सीमित पुलिस सेमिफाइनलमा
शून्य बाँकी फाइल सप्ताह: फर्छ्योट हुन नसकेका फाइलको विवरण बुझाउन सरकारको आह्वान
मिथ्या सूचना र भ्रम फैलाउनेमाथि कारबाही गर्ने मन्त्रालयको चेतावनी
रुस-युक्रेन युद्धको भुमरीमा नेपाली: ११८ को मृत्यु, सयौँ बेपत्ता र घाइते
सहकारीको बचत फिर्ताका लागि महान्यायाधिवक्ता र सीआईबीसँग छलफल
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.