
काठमाडौं । चीनको हाइनान ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीले चार स्वर्ण पदक जितेका छन् ।
नेपाली टोलीका प्रशिक्षक इन्द्रराज खड्काका अनुसार भिजन तामाङले दुई स्वर्ण जितेका छन् । भिजनले व्यक्तिगत पुम्सेको १९ वर्षमुनि उमेर समूहमा स्वर्ण जिते । उनले ४९ केजी तौल समूहमा अर्को स्वर्ण जित्न सफल भए ।
त्यस्तै, आयुष बोहराले पनि स्वर्णसहित कांस्य पदक हात पारे । ब्रेकिङ इभेन्टमा स्वर्ण जितेका आयुषले व्यक्तिगत पुम्सेमा भने कांस्य सीमित भए ।
सन्दीप बस्नेतले पनि ब्रेकिङमा स्वर्ण प्राप्त गरे । प्रतियोगिता मे २ देखि ४ तारिखसम्म चीनको सान्यामा भएको थियो ।



















