
काठमाडौं । नेपाली क्रिकेट टोलीका ओपनर आसिफ शेखले आईसीसी क्रिकेट विश्वकप लिग टू सिरिज अन्तर्गत ओमानसँग भइरहेको खेलमा अर्धशतक प्रहार गरेका छन् ।
ओपनिङ ब्याटर आसिफले ६६ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन् । ओडीआईमा आसिफको यो १४औं अर्धशतक हो ।
विनोद भण्डारी भने पहिलो बलमै आउट भए । ओमानले पहिलो ओभर मेडन राखेको थियो । त्यसपछि स्ट्राइक परिवर्तन हुँदा विनोद दोस्रो ओभरको पहिलो बलमै खाता नखोली आउट भएका थिए । त्यसपछि आसिफ र अर्जुन कुमाल मिलेर नेपालको इनिङ्स सम्हालिरहेका थिए । अर्जुन ४८ रन बनाएर आउट भए ।

























