प्रधानन्यायाधीशमा परम्परा तोडिएपछि बारले बोलायो बैठक

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २४, बिहीबार २०:४९

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको जोडबलमा संवैधानिक परिषद्ले परम्परा मिचेर प्रधानन्यायाधीश सिफारिस गरेपछि नेपाल बार एसोसिएसनले बैठक बोलाएको छ । बारका अध्यक्ष डाक्टर विजय मिश्रले बार एसोसिएसनको औपचारिक धारणा तयार गर्न छलफल बोलाएका हुन् ।

‘यो विषयमा पूर्वपदाधिकारीहरूसँग छलफलपछि मात्र हाम्रो धारणा बाहिर ल्याउँछौं । भोलि नै बैठक बस्छौं,’ अध्यक्ष मिश्रले भने ।

Advertisement

संवैधानिक परिषद्को बिहीबार बसेको बैठकले सर्वोच्चका न्यायाधीश डा‍क्टर मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो । प्रधानन्यायाधीशका लागि योग्यता पुगेका ६ जना न्यायाधीश मध्ये शर्मा चोथौ नम्बरमा थिए ।

संवैधानिक परिषद्को निर्णयमा राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले फरक मत राखेका थिए । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि डाक्टर शर्मा प्रधानन्यायाधीशमा नियुक्त हुनेछन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.