प्रधान न्यायाधीश सिफारिसविरुद्ध सर्वोच्चमा रिट, न्यायालयभित्रै असन्तुष्टि

Share this
739shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २५, शुक्रबार १३:०४
प्रहरीको काम कारबाही नागरिकले रेकर्ड गर्न पाउनुपर्ने मागमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश

काठमाडौं । संवैधानिक परिषद्ले चौथो वरीयताका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिस गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता विपिन ढकाल र डा. प्रेम सिलवालले छुट्टाछुट्टै रिट पेस गर्दै परिषद्को निर्णय संविधानको मर्मविपरीत, स्वेच्छाचारी र बदनीयतपूर्ण रहेको जिकिर गरेका छन् । रिटमार्फत उनीहरूले परिषद्को वैशाख २४ गतेको निर्णय तत्काल बदर गर्न, संसदीय सुनुवाइ प्रक्रिया अघि नबढाउन तथा पहिलो वरीयताका न्यायाधीशलाई प्रधान न्यायाधीशमा सिफारिस गर्न परमादेश जारी गर्न माग गरेका छन् ।

संवैधानिक परिषद्ले प्रधान न्यायाधीशका लागि योग्यता पुगेका ६ न्यायाधीशमध्ये चौथो वरीयतामा रहेका डा. शर्मालाई सिफारिस गरेको थियो । उनीभन्दा वरिष्ठ न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी र हरिप्रसाद फुयाँललाई पछि पारेर गरिएको सिफारिसले न्यायपालिकाभित्रै असन्तुष्टि बढाएको छ ।

वरिष्ठ अधिवक्ता त्रिपाठीले परिषद्को निर्णय न्यायिक स्वतन्त्रतामाथिको हस्तक्षेप भएको दाबी गरेका छन् । उनले रिटमा ‘कुनै तर्कपूर्ण आधारबिनै प्रवृत्त भावना राखी गरिएको सिफारिस संविधानको आधारभूत मर्मविपरीत रहेको’ उल्लेख गरेका छन् । उनका अनुसार न्यायपालिकालाई कार्यपालिकाको प्रभावमा ल्याउने प्रयासस्वरूप यो निर्णय गरिएको देखिन्छ ।

अधिवक्ता विपिन ढकालले पनि परिषद्को बैठक प्रक्रिया नै प्रश्नको घेरामा रहेको बताएका छन् । उनले परिषद्ले ४८ घण्टाको समयसमेत नदिई बैठक बोलाएर निर्णय गरेको भन्दै त्यसलाई असंवैधानिक करार गर्न माग गरेका छन् ।

प्रधान न्यायाधीश सिफारिसको निर्णय सार्वजनिक भएलगत्तै सर्वोच्च अदालतभित्र पनि असहज अवस्था देखिएको छ । सिफारिसको भोलिपल्ट शुक्रबार कामु प्रधान न्यायाधीश सपना प्रधान मल्ल, सिफारिस भएका डा. मनोज शर्मा र न्यायाधीश तिलप्रसाद श्रेष्ठबाहेक अन्य न्यायाधीशहरूको मात्र इजलास तोकिएको थियो । तीन न्यायाधीशले मुद्दा नहेरेपछि न्यायालयभित्र असन्तुष्टि चुलिएको चर्चा कानुन व्यवसायी वृत्तमा भइरहेको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहेकी पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीले समेत वरीयता मिचेर गरिएको सिफारिस गलत भएको टिप्पणी गर्दै यसको परिणाम सरकारले नै भोग्नुपर्ने चेतावनी दिएकी छन् । प्रधान न्यायाधीश नियुक्ति प्रक्रियामै विवाद चर्किएपछि अब सर्वोच्च अदालतको आदेश, संसदीय सुनुवाइको दिशा र न्यायपालिकाभित्रको शक्ति सन्तुलनतर्फ सबैको चासो केन्द्रित भएको छ ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×