
काठमाडौं । प्रस्तावित प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माविरुद्ध सर्वोच्च अदालतमा दायर गर्न खोजिएको रिट अस्वीकार गरिएको छ । शुक्रबार सर्वोच्च प्रशासनले तीनवटा रिट दरपिठ गर्दै दर्ता गर्न अस्वीकार गरेको हो ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ता गीता थापा र प्रेमराज सिलवालले दायर गरेको रिट दर्ता हुन सकेन । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको संवैधानिक परिषद्ले रोलक्रम मिचेर शर्मालाई प्रधान न्यायाधीशमा सिफारिस गरेको भन्दै चौतर्फी विरोध भइरहेको छ ।



















