सिरहालाई नेपाल हब क्रिकेटको उपाधि 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २६, शनिबार १८:५१
सिरहालाई नेपाल हब क्रिकेटको उपाधि 

विराटनगर । विराटनगरमा भएको दोस्रो नेपाल हब पुरुष टी २० क्रिकेट प्रतियोगिताको उपाधि सिरहा हबले जितेको छ । नेपाल क्रिकेट फाउन्डेसन र कोशी प्रदेश क्रिकेट संघले आयोजना गरेको प्रतियोगिताअन्तर्गत शनिबार भएको फाइनल खेलमा सिरहाले विराटनगर हबलाई २४ रनले हराउँदै उपाधि जितेको हो ।

टस जितेर ब्याटिङ गरेको सिरहाले २० ओभरमा सबै विकेट गुमाउँदै १ सय १८ रनको चुनौती प्रस्तुत गरेको थियो । प्लेयर अफ फाइनल आयुष विकले ४७ रन, दुर्गेश मण्डलले २४ रनको योगदान गरे । बलिङमा विराटनगरका अभय कामतले ४ विकेट र मनिष कामतले २ विकेट लिए ।

Advertisement

विराटनगरले पाएको १ सय १९ रनको लक्ष्य पछ्याउने क्रममा १८ ओभर ४ बलमा सबै विकेटको क्षतिमा ९४ रनमै समेटियो । मनिष कामतले २५ रन,  बनाउँदा  क्षितिज कर्ण १६ रन र आकाश यादवले ११ रन बनाए । बलिङमा सिरहाका आयुष विकले ४ विकेट, अभिषेक यादव ३ विकेट र अभिषेक रायले २ विकेट लिए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल क्रिकेट संघका सचिव पारस खडका, कोशी प्रदेश क्रिकेट संघका अध्यक्ष शर्वजितराज पाण्डे र फाउन्डेसनका अध्यक्ष अभिषेक श्रेष्ठ लगायतले पुरस्कार प्रदान गरे ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.