क्यानकाे विवाद पेचिलाे, साधारणसभामा अध्यक्ष र सदस्यसचिवबीच सवाल-जवाफ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २७, आइतबार १६:३३

विराटनगर । नेपाल क्रिकेट संघ (क्यान) को विवाद पेचिलाे बनेकाे छ । जसका कारण साधारणसभाकाे उद्घाटन सत्रमा संघका अध्यक्ष र राष्ट्रिय खेलकुद परिषद् सदस्यसचिवबीच सवाफ-जवाफ भयाे ।

विराटनगरमा आइतबारबाट सुरु भएको क्यानको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रामचरित्र मेहताले सबैले कानुनको पालना गर्नुपर्ने बताएका थिए । कसले कति कानुन मिच्यो, को कति बलियोभन्दा पनि सबै गतिविधि कानुनसम्मत बनाउनु पर्ने उनको भनाइ थियो ।  क्यानले २०८२ असारसम्मका लागि नवीकरण गरेको छ । त्यसयता नवीकरण गरेको छैन । नेपाल प्रिमियर लिग एनपीएलको हिसाब पनि क्यानले पारदर्शी गरेको छैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीको विषयमा छानबिन गर्न सहयोग नगरेको भन्दै युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्‌लाई पत्र लेखेको थियो ।

Advertisement

नवीकरणका लागि वार्षिक प्रतिवेदन, भावी योजना, लेखा परीक्षण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरेको कागजपत्रलगायत राखेपमा पेस गर्नुपर्ने हुन्छ । तर साधारणसभा नभएका कारण क्यानले कागजपत्र पेस गर्न सकेको छैन ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले देशको परिस्थितिका कारण साधारणसभामा ढिलाइ भएको बताए । पछिल्लो अवस्थाका बारेमा एसीसी र राखेपलाई यस विषयमा जानकारी पनि गराएको उनले बताए । क्यानले क्रिकेटका लागि गौरवमय काम गर्दै आएको उनको दाबी थियो । साधारणसभा हल बाहिर पत्रकारसँग कुरा गर्दै क्यानका सचिव पारस खड्काले प्राविधिक र व्यावहारिक कारणले संघको वार्षिक साधारणसभामा केही ढिलाइ भएको बताएका थिए ।

तपाइको प्रतिक्रिया
जीवन विकास लघुवित्तको वार्षिक पुरस्कार वितरण
जंगली च्याउ खाँदा झापाको बाह्रदशीमा एकै परिवारका ११ जना बिरामी
ग्रासरुट छात्रा क्रिकेट महोत्सव सम्पन्न
ग्रासरुट छात्रा क्रिकेट महोत्सव सम्पन्न
क्यानकाे विवाद पेचिलाे, साधारणसभामा अध्यक्ष र सदस्यसचिवबीच सवाल-जवाफ
चित्रकलाबाट जलवायु परिवर्तनको जोखिम र अपाङ्गता भएका व्यक्तिको समस्या उजागर
सरकारद्वारा जारी ८ अध्यादेश: राष्ट्रिय सभामा बहुमत नहुँदा पारित गर्न चुनौती
तरुण दलमा विधानअनुसार तदर्थ समिति गठन गर्न माग
मापसे गरेर गाडी चलाएका मेयरलाई जरिबाना तिराएर छाडियो
पाकिस्तानको खैबर पख्तुनख्वामा आतंकवादी आक्रमण, १५ प्रहरीको मृत्यु
कम्युनिस्ट एकताको आवश्यकता झन् बढेको छ : प्रचण्ड
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.