झुनास र ग्रान्डे स्टार्सलाई राष्ट्रिय बास्केटबलको उपाधि 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २८, सोमबार १६:३३
झुनास र ग्रान्डे स्टार्सलाई राष्ट्रिय बास्केटबलको उपाधि 

विराटनगर । विराटनगरमा सम्पन्न राष्ट्रिय ३×३ बास्केटबल च्याम्पियनसिपको उपाधि छात्रतर्फ धरानको झुनास फिटनेस र छात्रातर्फ काठमाडौं ग्रान्डे स्टार्सले जितेको छ ।

विराटनगर बास्केटबल एकेडेमीले आयोजना गरेको प्रतियोगिताअन्तर्गत छात्रतर्फ झुनासले आयोजक टोलीको बीबीए ‘बी’लाई २१–१० को फराकिलो स्कोरमा हराउँदै उपाधि जितेको हो । झुनासका सर्बो राई छात्रतर्फ ‘मोस्ट भ्यालुएबल प्लेयर’ भए । छात्रातर्फ ग्रान्डे स्टार्सले धरानको युवा जागृतिलाई २०–२ को फराकिलो स्कोरमा हराउँदै उपाधि जित्यो । छात्रातर्फ ग्रान्डे स्टार्सकी रिन्छेन मोक्तान उत्कृष्ट खेलाडी भइन् ।

Advertisement

प्रतियोगिताका विजेता टोलीहरूले ५० हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गरे भने उपविजेता टोलीहरूले नगद २५ हजार रुपैयाँ प्राप्त गरे । विधागत उत्कृष्ट खेलाडीहरूले जनही १० हजार  रुपैयाँ प्राप्त गरे ।

कार्यक्रमका प्रमुख अतिथि टीकाराम पुरी, मोरङ जिल्ला बास्केटबल संघका उपाध्यक्ष अनिल राई, र एक्सपर्ट एजुकेसनका निर्देशक अनुभव दाहाल, आयोजक संस्था विराटनगर बास्केटबल एकेडेमीका अध्यक्ष सरोज लम्साल, दिपालका सेल्स एक्जुकेटिभ महेश नेपाली लगायतले पुरस्कार प्रदान गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.