
काठमाडौं । निजामती कर्मचारीहरूको ट्रेड युनियनलाई प्रतिबन्ध लगाउने सरकारको निर्णयलाई तत्काल कार्यान्वयनमा नल्याउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा पाँच न्यायाधीशमध्ये तीन न्यायाधीशले अल्पकालीन अन्तरिम आदेशको राय व्यक्त गरेका हुन् । ती मध्ये दुई न्यायाधीशले अन्तरिम आदेश जारी हुन नपर्ने राय दिएका छन् ।
पाँच सदस्यीय इजलासमा तीन न्यायाधीशले एउटै राय व्यक्त गरेको हुनाले अन्तरिम आदेश जारी भएको हो ।



















