जीवन विकासमा खेलकुद : काेशी र मधेश प्रदेशले जित्याे उपाधि

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २९, मंगलबार १३:०८

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले आयोजना गरेको ‘दोस्रो संस्करण’को खेलकुद प्रतियोगिता भव्य रुपमा सम्पन्न भएको छ । जीवन विकास पार्कमा आयोजित प्रतियोगितामा कोशी, मधेश, बागमती प्रदेश र केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीले प्रादेशिक टिम बनाएर सहभागिता जनाएका थिए ।

प्रतियोगितामा कोशी प्रदेशले आफ्नो बर्चस्व कायम राख्दै फुटबल र क्रिकेट दुवै विधाको उपाधि जितेको छ । फुटबलको फाइनल खेलमा केन्द्रीय कार्यालयको टोलीलाई ३–० को फराकिलो गोल अन्तरले पराजित गर्दै कोशीले उपाधि रक्षा गरेको हो । फुटबलतर्फको म्यान अफ द सिरिज कोशीका कप्तान युवराज खड्का घोषित भए । कोशीले पहिलो संस्करणको फुटबल उपाधि पनि जितेको थियो ।

Advertisement

त्यसैगरी, क्रिकेटतर्फ उपाधि पनि कोशी प्रदेशले नै जित्यो । फाइनलमा केन्द्रीय कार्यालयलाई पराजित गर्दै कोशीले उपाधि उचालेको हो । क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्ने केन्द्रीय कार्यालयका खेलाडी कुमोदकुमार मण्डल म्यान अफ द सिरिज भए ।

कवड्डीतर्फको उपाधि भने मधेश प्रदेशले जितेको छ । फाइनल खेलमा केन्द्रीय कार्यालयको टोलीलाई पराजित गर्दै मधेश च्याम्पियन बनेको हो । कवड्डी तर्फ मधेशका पंकज मण्डल म्यान अफ द सिरिज घोषित भए ।

यस्तै, भलिबलतर्फकाे उपाधि मधेश प्रदेशको टोलीलाई हराउँदै कोशी प्रदेशले उपाधि जितेको छ । म्युजिकल चेयर प्रतियाेगितामा सरोजा खवास प्रथम, अनामिका कर्ण दोस्रो र सकुन्तला राजवंशी तेस्रो भएकी छन् । चम्मा गुच्चा दौड तर्फ कृष्ण कुमार पौदार प्रथम, विकास प्रसाद साह दोस्रो र इन्दीरा पौडेल तेस्रो भएका छन् । बोरा दौड तर्फ दिनेश राजवंशी प्रथम, महेश्वर मण्डल दोस्रो र संतोष कुमार मण्डल तेस्रो भए । हण्डीफोड तर्फ सन्तोषकुमार साह प्रथम, राजेश सुतिहार दोस्रो र बालकृष्ण साह तेस्रो भएका छन् ।

विजयी खेलाडी तथा टिमहरूलाई संस्थाका सञ्चालक सदस्यहरू प्रकाशकुमार श्रेष्ठ र इन्द्रनारायण देव, प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डल, नायव प्रमुख कार्यकारी अधिकृत दामोदर रेग्मी  र विभागीय प्रमुखहरूले पुरस्कार, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

कर्मचारीहरूको कार्यक्षमता अभिवृद्धि गर्न खेलकुदले महत्त्वपूर्ण भूमिका खेल्ने संस्थाका प्रमुख कार्यकारी अधिकृत मण्डलले बताए । ‘कर्मचारीको मनोबल उच्च राख्न हामीले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएका छौं,’ उनले भने,‘ यसले संस्थाभित्रको आन्तरिक एकतालाई थप मजबुत बनाउँछ ।’ जीवन विकासले कर्मचारीबीच गत वर्ष पहिलो स्पोर्टस् मिट आयोजना गरेको थियो ।

तपाइको प्रतिक्रिया
विराटनगरमा देउवा–सिटौला समूहको भेला : केदार कार्की गए, सभापति थापा देखिएनन्
अर्घाखाँची बस दुर्घटना : मृत्यु हुनेको संख्या ४ पुग्यो, सनाखत हुन बाँकी
रास्वपामाथि बादलको प्रहार : ‘अध्यादेशमार्फत न्यायतन्त्रमा कब्जा गर्ने दाउ’
संकटमा सेलाइन उद्योग : उत्पादन ठप्प हुने खतरा, अभावको जोखिम
सेनाद्वारा च्याम्ताङ-घोङ्गप्पा सडक हस्तान्तरण, उत्तर-दक्षिण व्यापारमा सहज हुने
विकल्पविहीन उठिबासको विरोधमा भूमिहीन काठमाडौंमा, रास्वपालाई बुझाए १२ बुँदे माग
५८ सांसदले बुझाए सम्पत्ति विवरण, जेठ १० भित्र बुझाउनुपर्ने
अनलाइन सञ्चारमाध्यम नियमन गर्न सरकारलाई आयोगको निर्देशन
मोरङ र सुनसरीमा ‘बाइक चोर्ने बालबालिकाको नेटवर्क’, ४ जना पक्राउ
अर्घाखाँचीमा बस दुर्घटना : २४ जना घाइते
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.