विश्वकप लिग २ : स्कटल्याण्डले नेपाललाई दियाे २४४ रनकाे लक्ष्य

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २९, मंगलबार १३:२८

काठमाडौं । आईसीसी विश्वकप लिग-२  काे सिरिजमा स्कटल्याण्डले नेपाललाई नेपाल २४४ रनकाे लक्ष्य दिएकाे छ । कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा स्कटल्याण्डले नेपाललाई २४४ रनको लक्ष्य दिएको  हाे ।

टस जितेर पहिले ब्याटिङ थालेको स्कटल्याण्डले ५० ओभरमा ८ विकेटको क्षतिमा २४३ रन जोड्यो । स्कटल्याण्डका लागि जर्ज मुन्सीले ७७, माइकल फिन्ले म्याकक्रेथले ३५, इङ्लिसलले अविजित ३४ रन जोड्दा माइकल लिस्कले २९, मार्क वाटले २४ तथा म्याथ्यु क्रसले १८ रन जोडेका छन् ।

Advertisement

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले १० ओभरमा १ मेडेनसहित ४१ रन खर्चेर चार विकेट लिए । करण केसीले ८ ओभरमा ५१ रन खर्चेर दुई विकेट लिए । नन्दन यादवले ८ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.