एपीएफलाई राष्ट्रिय कबड्डीको उपाधि

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ३०, बुधबार ०६:५२

सुनसरी । प्रथम कोशीटप्पु खुला महिला राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधि विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) ले जितेको छ ।

इनरुवा नगरपालिका–२ स्थित शिक्षा खेल मैदानमा सम्पन्न फाइनल खेलमा एपीएफले अर्को विभागीय टोली नेपाल प्रहरीलाई २०–१७ अंकले पराजित गर्दै उपाधि आफ्नो नाममा गरेको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा एपीएफले सुरुदेखि नै आक्रामक प्रदर्शन गर्दै नेपाल प्रहरीमाथि दबाब बनाएको थियो ।

Advertisement

जिल्ला खेलकुद क्लब सुनसरीका अध्यक्ष तरुणकुमार यादवका अनुसार प्रतियोगितामा कोशी प्रदेश र त्रिभुवन आर्मीले संयुक्त रूपमा तेस्रो स्थान हासिल गरेका छन् । प्रतियोगिताको विजेता एपीएफले नगद एक लाख रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ भने उपविजेता नेपाल प्रहरीले ५० हजार रुपैयाँ र ट्रफीमा चित्त बुझाएको छ ।

तेस्रो हुने दुई टोलीलाई २५–२५ हजार रुपैयाँ, ट्रफी, पदक तथा प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ । विजेता टोलीलाई कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरीले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगिताले महिला कबड्डी खेलको विकास र खेलाडीहरूको उत्साह बढाउन सहयोग पुगेको आयोजकको विश्वास छ ।

तपाइको प्रतिक्रिया
सेयर बजार परिसूचक नेप्सेमा ४.१५ अंकको गिरावट, कारोबार रकममा भारी कमी
आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले दिए राजीनामा
सांसद पराजुलीको अभिव्यक्तिप्रति नेपाल बारको आपत्ति, सभामुखलाई पत्र
प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारी नियुक्त
चाउचाउको र्‍यापरमा तिरिएको अन्तःशुल्क कट्टी गर्न पाउने सर्वोच्चको फैसला
प्रधानमन्त्री नहुँदा पनि सदन चल्ने सभामुखको दाबी, सांसद बरालले देखाए खाली पाना
प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन रुलिङ गर्ने अधिकार आफूसँग छैन : सभामुख अर्याल
राष्ट्रिय सभामा सरकारको नीति तथा कार्यक्रम पेस, छलफल सुरु
विपक्षीको अवरोधपछि प्रतिनिधि सभा बैठक दोस्रो पटक स्थगित
थापाका शब्द हटाएको विषयमा एमालेद्वारा स्पष्टीकरण माग
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.