डा. शर्माविरुद्ध ७ उजुरी

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ३, आइतबार १७:५८

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा हालसम्म ७ वटा उजुरी परेका छन् । संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार शनिबार साँझसम्म समितिमा ७ वटा उजुरी दर्ता भएका हुन् ।

संसदीय सुनुवाइ समितिले वैशाख २६ गते डा. शर्माविरुद्ध उजुरी आह्वान गरेको थियो । समितिले उनलाई प्रधानन्यायाधीश नियुक्त गर्न अनुपयुक्त ठान्ने व्यक्तिलाई आधार, कारण र प्रमाणसहित उजुरी दिन १० दिनको समय दिएको थियो । उजुरीकर्ताले आफ्नो नाम, ठेगाना र सम्पर्क नम्बर अनिवार्य खुलाउनुपर्ने व्यवस्था गरिएको थियो ।

Advertisement

समितिले उजुरी दिने समय सोमबार कार्यालय समयसम्म कायम छ । संवैधानिक परिषद्को सिफारिसपछि संसदीय सुनुवाइ समितिले प्रस्तावित व्यक्तिको योग्यता, आचरण र क्षमता परीक्षण गरेपछि मात्रै नियुक्ति प्रक्रिया अगाडि बढ्ने संवैधानिक व्यवस्था छ ।

उजुरी परेपछि समितिले ती विषयमा छलफल र छानबिन हुनेछ । त्यसपछि प्रस्तावित प्रधानन्यायाधीश शर्मासँग प्रत्यक्ष सुनुवाइ गरिने जनाइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.