लागुऔषधसहित ८ जना पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १८, बिहीबार १२:१२
लागुऔषधसहित ८ जना पक्राउ

विराटनगर । मोरङको छुट्टाछुट्टै स्थानबाट प्रहरीले एक दिन ८ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । बुधबार सुन्दरहरैँचा र पथरीशनिश्चरेबाट लागुऔषधसहित ८ जना पक्राउ परेका हुन् ।

पथरीशनिश्चरे नगरपालिका–१० मंगलबारेका ३३ वर्षीय मोतीराज लिम्बू र रंगेली नगरपालिका–६ का ३३ वर्षीय मिथुन साहलाई ब्राउन सुगरसहित पक्राउ गरेको मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठले जानकारी दिए । उनका अनुसार पक्राउ परेका लिम्बूको घरमा लागुऔषध कारोबार भइरहेको छ भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पथरी र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको टोलीले चेकजाँच गरेको थियो ।

Advertisement

लिम्बूको कोठाबाट ब्राउन सुगर १९६ ग्राम ४०० मिलिग्राम फेला परेको डीएसपी श्रेष्ठले बताए । ब्राउन सुगरसहित लिम्बू र साहलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय पथरीमा राखेर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

त्यस्तै, सुन्दरहरैंचा नगरपालिका–६ दुर्गा मन्दिर टोलका २१ वर्षीय सुमन लिम्बूको घरमा प्रहरीले छापामार्दा लागुऔषध ब्राउन सुगर बरामद गरेका छ । प्रहरीका अनुसार लिम्बू सुत्नेको कोठामा प्लास्टिकमा पोको पारेर राखेको अवस्थामा ३६ ग्राम ११ मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।

लिम्बूसहित सोही ठाउँका २३ वर्षीय युराज मगर पक्राउ गरेको डीएसपी श्रेष्ठले बताए । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
सुन्दरहरैँचा नगरपालिका–१० त्रिवेणी चोकमा शंकास्पद तरिकाले हिँड्दै गरेका ४ जनालाई शंका लागि चेकजाँच गर्दा उनीहरूको साथबाट लागुऔषध ट्रामाडोल र स्पास फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सन्दरहरैँचा–१० का २६ वर्षीय भानुभक्त लिम्बू, २२ वर्षीय विप्लव परियार, २५ वर्षीय किरण राई र बेलबारी नगरपालिका–२ का २५ वर्षीय सुशील राई रहेका छन् । उनीहरूको साथबाट ट्रामाडोल २३० पिस र स्पास २३० पिस फेला परेको थियो । पक्राउ परेका ४ जनालाई बेलबारीमा राखेर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.