प्रधान न्यायाधीश सिफारिसमा ‘नेपोबेबी’ विवाद

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ५, मंगलबार ११:५७
सरकारी विज्ञापनमा ‘एकद्वार प्रणाली’ लागू गर्ने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज

काठमाडौं । प्रस्तावित प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा १६ वटा उजुरी परेका छन् । उजुरीमध्ये एउटामा उनीमाथि ‘नेपोबेबी’को आरोपसमेत लगाइएको छ ।

समितिले उजुरीकर्तासँग छलफल सुरु गरेको छ । सुनुवाइ समितिका एक सांसदका अनुसार नेपोबेबीको आरोप भने एक जना उजुरीकर्ताले मात्रै लगाएका हुन् । अन्य उजुरीमा भने शर्माको योग्यता, न्यायिक निष्पक्षता र सर्वोच्च अदालतमा नियुक्ति प्रक्रियामाथि प्रश्न उठाइएको छ ।

Advertisement

एक उजुरीकर्ताले शर्मा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएपछि तत्कालीन नेकपा (एमाले)को बल्खुस्थित पार्टी कार्यालय पुगेर ‘आशीर्वाद’ लिएको आरोप लगाउँदै उनलाई प्रधान न्यायाधीश नियुक्त नगर्न माग गरेका छन् । अर्का, उजुरीकर्ताले भने शर्मा सर्वोच्च अदालतको न्यायाधीश बन्न आवश्यक संवैधानिक योग्यता नै नपुगेको दाबी गरेका छन् ।

उजुरीमा सर्वोच्च अदालतको न्यायाधीश हुन कम्तीमा १५ वर्ष वकालत गरेको वा उच्च अदालतमा कम्तीमा ५ वर्ष काम गरेको हुनुपर्ने उल्लेख गर्दै शर्माले तीमध्ये कुनै पनि मापदण्ड पूरा नगरेको आरोप लगाइएको छ । उजुरीमा शर्मा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त हुँदा उनका एकाघरका ठूलोबुवा दामोदर शर्मा कायम मुकायम प्रधान न्यायाधीश रहेको प्रसंग पनि उल्लेख गरिएको छ ।

साथै, तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको दबाबमा उनको नियुक्ति भएको दाबी गरिएको छ । शर्माले सर्वोच्च अदालतमा न्यायाधीश भएपछि गरेका केही फैसलामाथि पनि प्रश्न उठाइएको छ ।

एनसेल र काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापनसम्बन्धी मुद्दामा दायर रिट खारेज गरेर राज्यलाई घाटा पुर्‍याएको आरोप उजुरीमा उल्लेख छ । वैशाख २४ गते बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका चौथो वरियताका न्यायाधीश डा. शर्मालाई प्रधान न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय लिएको थियो ।

तपाइको प्रतिक्रिया
विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?
विराटनगरमा एमएससी विद्यालयस्तरीय टेबलटेनिस प्रतियोगिता
शिक्षामन्त्रीको राजीनामापछि एक महिनादेखिको आन्दोलन फिर्ता
बोलाएको बखत उपस्थित हुने सर्तमा छुटे मुकेश कार्की
स्काउट विघटनविरुद्ध कोशीको विद्रोह, निर्णय फिर्ता नभए आन्दोलनको चेतावनी
पाँच प्रदेशमा सत्ता बाँडफाँट, दुई प्रदेशका लागि थप छलफलको सहमति
अविश्वास प्रस्तावमाथिको छलफलअघि नै मुख्यमन्त्रीको राजीनामा
मोरङ धनपालथानको पोखरीमा डुबेर बालिकाको मृत्यु
गाँजा ओसारपसारमा सुरक्षा दिँदै हिँडेका मोटरसाइकल चालकसहित दुई जना पक्राउ
बालकको मृत्युपछि तनाव : स्वास्थ्य केन्द्रमा तोडफोड, सडक अवरुद्ध
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×