वरिष्ठता मिचेर प्रधान न्यायाधीश बनेका शर्माले लिए शपथ

Share this
703shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ५, मंगलबार १८:५९

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्माले प्रधान न्यायाधीशको पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा मंगलबार आयोजित समारोहमा शर्मालाई शपथ गराएका हुन् । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि उनी सर्वोच्च अदालतको ३३औँ प्रधान न्यायाधीशका रूपमा औपचारिक रूपमा नियुक्त भएका हुन् ।

Advertisement

शपथ ग्रहणपछि शर्माले सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन् । संवैधानिक परिषद्को बैठकले गत वैशाख २४ गते शर्मालाई प्रधान न्यायाधीशमा सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समितिले अनुमोदन गरेसँगै उनको नियुक्ति प्रक्रिया पूरा भएको हो ।

कानुन व्यवसायी पृष्ठभूमिबाट न्यायपालिकामा प्रवेश गरेका शर्मा अब सर्वोच्च अदालतको नेतृत्व सम्हाल्ने जिम्मेवारीमा पुगेका छन् । संविधानको व्यवस्था अनुसार सर्वोच्च अदालतमा कम्तीमा तीन वर्ष न्यायाधीशको रूपमा काम गरेको व्यक्ति प्रधान न्यायाधीश बन्न योग्य हुने प्रावधान छ । सोही आधारमा उनी नियुक्त भएका हुन् ।

शर्माको नियुक्तिलाई लिएर न्यायपालिकाभित्र वरिष्ठता, वरीयता क्रम र प्रक्रिया सम्बन्धी बहस पनि चलिरहेको छ । यसअघि परम्परागत रूपमा वरिष्ठताका आधारमा प्रधान न्यायाधीश सिफारिस गर्ने अभ्यास भए पनि यस पटक संवैधानिक परिषद्ले वरीयता मिचेर उनको नाम सिफारिस गरेको टिप्पणी गरिएको छ ।

नयाँ प्रधान न्यायाधीशका रूपमा शर्मासामु न्यायपालिकाको कार्यसम्पादन सुधार, लामो समयदेखि थाती रहेका मुद्दाहरूको फर्छ्योट र न्याय प्रणालीमा देखिने ढिलासुस्ती तथा विकृतिहरू नियन्त्रण गर्ने चुनौती रहेको छ । सर्वोच्च अदालतमा हालैका वर्षहरूमा ठूलो संख्यामा मुद्दा विचाराधीन रहेको र फैसला कार्यान्वयन पनि कमजोर अवस्थामा रहेको बताइन्छ ।

त्यस्तै, न्यायालयभित्र हुने आर्थिक अनियमितता, बिचौलिया प्रभाव र न्याय सम्पादनमा ढिलाइ जस्ता समस्याहरूलाई सम्बोधन गर्नु उनको प्रमुख कार्यभार हुने अपेक्षा गरिएको छ । नेपाल बार एसोसिएसन र न्यायाधीशबीच देखिने मतभेद व्यवस्थापन गर्दै संस्थागत समन्वय कायम राख्नु पनि अर्को महत्वपूर्ण चुनौतीका रूपमा देखिएको छ ।

यससँगै सर्वोच्च अदालतको नेतृत्व सम्हालेका शर्माको कार्यकाल न्यायिक सुधार र विश्वास पुनःस्थापनातर्फ केन्द्रित हुने अपेक्षा गरिएको छ । प्रधान न्यायाधीश बनेपछि शर्माले आगामी ६ वर्ष सर्वोच्च अदालतको नेतृत्व गर्नेछन् । उनको कार्यकाल २०८९ वैशाखसम्म रहनेछ ।

तपाइको प्रतिक्रिया
मोरङ–६ कांग्रेस अधिवेशन स्थलमा झडप, मनोनयन प्रक्रिया प्रभावित
मोरङ कांग्रेसद्वारा क्षेत्रीय अधिवेशनमा भएको झडपको भर्त्सना, निष्पक्ष छानबिनको माग 
विकास निर्माणका समस्या समाधान गर्न कानुन संशोधनको तयारी
प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १६ अर्ब १५ करोड
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
पदकधारी कराँते खेलाडी स्वदेश फिर्ता
क्षतिग्रस्त जलविद्युत् आयोजना पुनःनिर्माणमा ३ खर्ब ९० अर्बसम्म लाग्ने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×