
विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकामा एक वृद्ध सडकको छेउमा मृत अवस्थामा फेला परेका छन् । कानेपोखरी–५ छकमल टोलका ७८ वर्षीय अधितलाल चौधरी मंगलबार साँझ स्थानीय बाटोको छेउमा मृत भेटिएको प्रहरीले जनाएको छ ।
बाटोमा वृद्धलाई मृत अवस्थामा देखेपछि स्थानीयले तत्काल प्रहरीलाई खबर गरेका थिए । चौधरीको मृत्युको कारण भने अहिलेसम्म खुल्न सकेको छैन । घटनाको विस्तृत अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक भीमराज राईको नेतृत्वमा प्रहरी टोली खटिएको छ ।
प्रहरीले शवको प्रारम्भिक मुचुल्का तयार गरी घटनाको सम्बन्धमा थप अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाइएको र रिपोर्ट आएपछि मृत्युको वास्तविक कारण खुल्ने प्रहरीले जनाएको छ ।



















