फोटो पत्रकार पूर्णिमा श्रेष्ठद्वारा छैटौँ पटक सगरमाथाको सफल आरोहण

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ६, बुधबार १६:२४
फोटो पत्रकार पूर्णिमा श्रेष्ठद्वारा छैटौँ पटक सगरमाथाको सफल आरोहण

काठमाडौं । नेपाली साहसी फोटो पत्रकार पूर्णिमा श्रेष्ठले विश्वको सर्वोच्च शिखर सगरमाथाको छैटौँ पटक सफल आरोहण गरेकी छन् । श्रेष्ठले बुधबार बिहान सवा ९ बजे सगरमाथाको चुचुरोमा पाइला टेकेर नयाँ सफलता हासिल गरेकी हुन् ।

सटोरी एड्भेन्चरको टोली सदस्य तथा फोटोग्राफरका रूपमा हिमाल आरोहणमा सक्रिय रहँदै आएकी श्रेष्ठले आफ्नो साहस, दृढता र अतुलनीय शारीरिक–मानसिक क्षमता प्रदर्शन गर्दै यो ऐतिहासिक सफलता हात पारेकी हुन् । चुचुरोमा सफल आरोहण गरेपछि उनी सुरक्षित रूपमा क्याम्प–४ मा फर्किसकेको जानकारी प्राप्त भएको छ।

Advertisement

पछिल्ला वर्षहरूमा हिमाल आरोहणमा निरन्तर सक्रिय श्रेष्ठको यो उपलब्धिलाई पर्वतारोहण क्षेत्रमा निकै महत्त्वका साथ हेरिएको छ । विशेष गरी नेपाली महिला पर्वतारोहीहरूको बढ्दो उपस्थितिका माझ श्रेष्ठको यो सफलता धेरैका लागि प्रेरणाको स्रोत बनेको छ।

उनको यो ऐतिहासिक आरोहणको खबर सार्वजनिक भए लगत्तै सामाजिक सञ्जालमा विभिन्न क्षेत्रका व्यक्तित्वहरूबाट बधाई तथा शुभकामना आउने क्रम जारी छ। फोटो पत्रकारितासँगै पर्वतारोहणलाई पनि उचाइमा पुर्‍याएकी श्रेष्ठले यसअघि पनि विभिन्न हिमालहरूको सफल आरोहण गरिसकेकी छन्।

तपाइको प्रतिक्रिया
सामान्य विवाददेखि गोलीकाण्डसम्म : कप्तानगन्जमा कहाँ चुक्यो राज्य ?
कप्तानगन्ज घटनापछि सुरक्षामा व्यापक हेरफेर : कोशीका डीआईजी, सुनसरीका सीडीओ र एसपीलाई जिम्मेवारीबाट हटाइयो
कप्तानगञ्ज गोलीकाण्डबारे मानव अधिकार आयोगले सुरु गर्‍यो अनुसन्धान
१२ अर्ब ६३ करोडको अलैंची निर्यात
साताको पहिलो दिन नेप्से ३३ अङ्कले घट्यो, ६ अर्ब बढीको कारोबार
जटिल बन्दै सुनसरीको सुरक्षा अवस्था : जथाभावी आक्रमण, आगजनी र तोडफोड
कप्तानगन्ज घटनापछि सर्वदलीय प्रतिबद्धता : सद्भाव जोगाउन सबै पक्ष एक ठाउँमा
कप्तानगञ्ज घटना : सांसद साहद्वारा सुरक्षा अधिकारीहरूमाथि कारबाही माग
सरकारी विज्ञापनमा ‘एकद्वार प्रणाली’ लागू गर्ने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज
सांसदलाई पीए सुविधा : सर्वोच्चले माग्यो सरकारसँग लिखित जवाफ
मालवाहक गाडी फस्दा केचना–कञ्चनजङ्घा करिडोर अवरुद्ध
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×