प्रधान न्यायाधीश शर्माविरुद्धको दरपीठ निवेदन दर्ता

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ६, बुधबार १९:२८

काठमाडौं । सर्वोच्च अदालत प्रशासनले प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माविरुद्धको दरपीठ निवेदन अन्ततः दर्ता गरेको छ ।

वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले दिएको आदेशपछि प्रशासनले उक्त निवेदनलाई प्रक्रिया अगाडि बढाउँदै दर्ता गरेको हो । जेठ ४ गते दायर गरिएको निवेदनमाथि सुनुवाइका क्रममा न्यायाधीश मल्लले मुख्य रजिष्ट्रार र रजिष्ट्रारका नाममा दिउँसो १ बजेसम्म निवेदन दर्ता गर्न निर्देशन दिएकी थिइन् ।

Advertisement

सो आदेशपछि दुई दिनको ढिलाइपछि सर्वोच्च प्रशासनले निवेदन दर्ता गरेको हो । रिट निवेदक प्रेमराज सिलवालले दायर गरेको उक्त निवेदनको प्रारम्भिक पेसी जेठ ११ गतेका लागि तोकिएको छ ।

यसअघि संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी भएपछि भएको सिफारिस प्रक्रियालाई चुनौती दिँदै सर्वोच्चमा रिट दायर गरिएको थियो । जसअन्तर्गत प्रधान न्यायाधीश पदमा डा. मनोजकुमार शर्माको नाम सिफारिस भएको विषय समावेश छ ।

उक्त रिट सुरुमा प्रशासनिक तहबाट दरपीठ गरिएको थियो भने पछि त्यसविरुद्ध दिइएको निवेदन केही समय ‘होल्ड’मा राखिएको थियो । तर, सर्वोच्च अदालतमा नयाँ प्रधान न्यायाधीशले पदभार ग्रहण गरेलगत्तै निवेदन दर्ता भएको हो । अब यो विषयमा अदालतको नियमित प्रक्रिया अनुसार सुनुवाइ अघि बढ्ने भएको छ ।

तपाइको प्रतिक्रिया
संयम बनौं, सामाजिक र धार्मिक सद्भाव कायम राखौं
सुनसरी घटनापछि केन्द्रीय सुरक्षा समितिको बैठक आह्वान
डा. केसी र सरकारबीच पुनः वार्ता सुरु, २ विषयमा अझै जुटेन सहमति
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन नेपाली सेना परिचालन
कप्तानगञ्ज घटना छानबिन गर्न गृह मन्त्रालयद्वारा समिति गठन
साउन पहिलो सातासम्म ८३ प्रतिशत धान रोपाइँ
कप्तानगन्जको अवस्था नियन्त्रणबाहिर, स्थानीयका पसलमा तोडफोड सुरु
सुनचाँदीको मूल्य बढ्यो 
सुनचाँदीको मूल्यमा वृद्धि, सुन प्रतितोला २ लाख ८८ हजार ५ सय पुग्यो
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ४ प्रतिशतले घट्यो
कप्तानगन्जमा कर्फ्यु उल्लंघन गर्दै प्रदर्शन, अवस्था तनावग्रस्त (तस्बिरहरुसहित)
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×