सवारीको नयाँ दर्ता रोक्न यातायात व्यवस्था विभागको निर्देशन

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ८, शुक्रबार ०७:०९
सवारीको नयाँ दर्ता रोक्न यातायात व्यवस्था विभागको निर्देशन

काठमाडौं । यातायात व्यवस्था विभागले देशभर सार्वजनिक सवारीसाधनको नयाँ दर्ता अस्थायी रूपमा रोक्न निर्देशन दिएको छ। सार्वजनिक यातायातको व्यवस्थापनमा चुनौती देखिएको भन्दै विभागले अर्को सूचना जारी नभएसम्मका लागि नयाँ दर्ता नगर्न सातै प्रदेशका मन्त्रालय र स्थानीय तहलाई पत्राचार गरेको हो।

विभागले कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्बन्धित मन्त्रालय तथा सबै स्थानीय तहलाई पत्र पठाउँदै यो निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ।

Advertisement

विभागका अनुसार सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन हुन नसक्दा वायु प्रदूषण, सवारी चाप र ट्राफिक जाम अत्यधिक बढेको छ । यसले गर्दा सर्वसाधारणको आवागमनमा समेत कठिनाइ उत्पन्न भएको विभागको ठहर छ।

विभागका निर्देशक मणिराम भुसालद्वारा हस्ताक्षर गरिएको पत्रमा बढ्दो इन्धन मूल्यका कारण यातायात क्षेत्रमा देखिएको असहजता र कठिनाइलाई व्यवस्थापन गर्न सार्वजनिक सवारीको उचित व्यवस्थापन आवश्यक देखिएको उल्लेख छ।

यो निर्देशनमा इन्धनबाट चल्ने मात्र नभई विद्युतीय सार्वजनिक सवारीसाधनलाई समेत समेटिएको छ। विभागले स्पष्ट पारेको छ कि अर्को व्यवस्था नभएसम्म विद्युतीय सार्वजनिक सवारीको नयाँ दर्ता पनि रोकिने छ।

विभागले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १४ को उपदफा (३) लाई आधार मानी यो निर्णय गरेको जनाएको छ । उक्त कानुनी प्रावधानमा वातावरण प्रदूषण, सवारी चाप, सडकको अवस्था वा सार्वजनिक हितसँग सम्बन्धित अन्य कारणले कुनै पनि किसिमका सवारीसाधनको दर्ता रोक्न सकिने व्यवस्था छ।

पछिल्लो समय सहरी क्षेत्रमा बढ्दो सवारी चाप र अव्यवस्थित यातायात प्रणालीलाई व्यवस्थित गर्न यो कदम चालिएको विभागले जनाएको छ।

तपाइको प्रतिक्रिया
व्यवसायी शेखर गोल्छासँग विशेष अदालतद्वारा एक करोड धरौटी माग
सुनसरी र सिराहाका चार जनालाई शहीद घोषणा गर्ने मन्त्रिपरिषद्को निर्णय
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति अभिलेखबाट हटाउन सांसदहरूको माग
घुस लिएको आरोपमा इलामको चुलाचुलीका इन्जिनियर र लेखा अधिकृतविरुद्ध मुद्दा दायर
डुबेर तीन बालबालिका बेपत्ता
महाधिवेशनसम्बन्धी गतिविधि रोक्न निर्वाचन आयोग र कांग्रेसलाई इतर समूहको पत्राचार
नेपाली कांग्रेस इतर पक्षको भेलामा कोइराला सहभागी हुने
निर्माण व्यवसायी महासंघको राष्ट्रिय सम्मेलन हुँदै
कोलम्बियामा गएको भूकम्पप्रति नेपाल सरकारद्वारा दुःख व्यक्त
चीनको लङ मार्च-७ए रकेट आकाशमै विस्फोट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.