कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्मलाई जुरी पुरस्कार

Share this
670shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १०, आइतबार ११:१६

काठमाडौं । विश्वकै प्रतिष्ठित चलचित्र महोत्सवमध्ये एक मानिने कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ले महत्वपूर्ण सफलता हासिल गरेको छ ।

फ्रान्समा सम्पन्न ७९औँ कान्स फिल्म फेस्टिभलअन्तर्गत ‘अन सर्टेन रिगार्ड’ विधामा उक्त फिल्मले ‘जुरी प्राइज’ जित्न सफल भएको हो । क्लोजिङ सेरोमनीमा प्रदान गरिएको यो पुरस्कारलाई कान्सको दोस्रो महत्वपूर्ण सम्मानका रूपमा हेरिन्छ ।

Advertisement

अविनाशविक्रम शाह निर्देशित ‘एलिफेन्ट्स इन द फग’ नेपालको एक गाउँमा बसोबास गर्ने लैंगिक अल्पसंख्यक समुदायको संघर्ष र सामाजिक यथार्थमा आधारित चलचित्र हो । फिल्मले ग्रामीण परिवेश, सामाजिक विभेद र पहिचानको लडाइलाई संवेदनशील ढंगले प्रस्तुत गरेको छ ।

फिल्ममा पुष्पा थिङ, दीपिका यादव, जस्मिन विश्वकर्मा, शान्ति गिरी, गौरी मल्ल, माओत्से गुरुङ, सञ्जय गुप्ता दुरा, महिमा नवबाग तथा आकांक्षा कार्की लगायत कलाकारहरूको अभिनय रहेको छ ।

कान्स फिल्म फेस्टिभलमा आधिकारिक रूपमा छनोट हुने पहिलो नेपाली फिचर फिल्मसमेत बनेको छ । यसअघि निर्देशक शाहकै सर्ट फिल्म ‘लोरी’ले कान्सको ७५औँ संस्करणमा ‘स्पेसल मेन्सन’ अवार्ड जितेर अन्तर्राष्ट्रिय चर्चा बटुलेको थियो ।

सीमित स्रोतसाधन, चुनौतीपूर्ण संघर्ष र स्थानीय कथावस्तुमा आधारित नेपाली फिल्मले विश्वकै प्रतिष्ठित मञ्चमा सम्मान प्राप्त गर्नु नेपाली चलचित्र उद्योगका लागि गौरवपूर्ण उपलब्धि मानिएको छ ।

तपाइको प्रतिक्रिया
मोरङ उर्लाबारीका छत्रबहादुर : परदेशबाट फर्किने प्रतीक्षामा परिवार, तर बाकसमा आयो शव
भारी हिमपातले आरोहण प्रभावित
बाढी प्रभावित परिवार बसाउन २७७ कित्ता जग्गा पहिचान
 गाँजा खेतीलाई वैधानिकता दिने सरकारको तयारी
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कार्यवाहक प्रधानमन्त्री
एमाले बैठकमा नेतृत्वको कार्यशैलीमाथि प्रश्न, पुनर्गठन कार्यदलको प्रतिवेदन माग
भरत दाहालको रिटमा कारण देखाउ आदेश
त्रिपुरेश्वर बस आगलागीमा मृत्यु भएका चालकको पहिचान खुल्यो
सहारा नेपालको निर्वाचनमा होमिएकी प्रमिला तिम्सिना, उत्कृष्ट बुहारीदेखि महिला सदस्यको उम्मेदवारसम्म
आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव
नेपाल पाकिस्तानसँग पराजित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×