
सुनसरी । सुनसरीको कोशी गाउँपालिका–३ स्थित नहर चोकबाट प्रहरीले लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित एक जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको टोलीले दक्षिणबाट उत्तरतर्फ पैदल आउँदै गरेका स्थानीय २९ वर्षीय आरीफ अन्सारीलाई शुक्रबार साँझ ५ः१५ बजेतिर पक्राउ गरेको । शंका लागेर चेकजाँच गर्दा उनले लगाएको जिन्स पाइन्टको दुवै खुट्टाको कुर्कुच्चा भागमा फोल्ड गरेर लुकाइछिपाइ राखेको अवस्थामा ब्राउन सुगरजस्तो देखिने पदार्थ १७ दशमलव २० ग्राम बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीले ब्राउन सुगरसहित अन्सारीलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर छ । पक्राउ परेका अन्सारीमाथि लागुऔषध सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।



















