मेचीदेखि महाकालीसम्म उद्धार अभियान, १२० जना सुरक्षित आश्रयमा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ११, सोमबार ०७:१५

महेन्द्रनगर । मानव सेवा आश्रमले सञ्चालन गरेको ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा, २०८३’ अन्तर्गत हालसम्म देशभरबाट १२० जना सडकआश्रित व्यक्तिहरुको उद्धार गरिएको छ ।

उद्धार गरिएका व्यक्तिहरूलाई आश्रमका विभिन्न ३३ वटा सेवा केन्द्रमा राखेर संरक्षण र हेरचाह गरिरहेको जनाइएको छ । सडकपेटीमा कष्टकर जीवन बिताइरहेका नागरिकलाई सुरक्षित आश्रयमा ल्याउने उद्देश्यसहित मानव सेवा आश्रमले वैशाख २८ गते झापाको काँकरभिट्टास्थित मेची पुलबाट अभियान सुरु गरेको थियो ।

Advertisement

पूर्वदेखि पश्चिमसम्म जारी यात्रा कञ्चनपुर र कैलाली पार गरिसकेको छ । अभियानमा चर्चित गायिका एवं आनी छोइङ डोल्मासमेत सहभागी छिन् । उद्धार यात्रामा रहेको टोलीले सडकआश्रित तथा बेसहारा नागरिकलाई खोजी गर्दै सुरक्षित आश्रयमा ल्याउने कामलाई निरन्तरता दिएको छ ।

तपाइको प्रतिक्रिया
सामान्य विवाददेखि गोलीकाण्डसम्म : कप्तानगन्जमा कहाँ चुक्यो राज्य ?
कप्तानगन्ज घटनापछि सुरक्षामा व्यापक हेरफेर : कोशीका डीआईजी, सुनसरीका सीडीओ र एसपीलाई जिम्मेवारीबाट हटाइयो
कप्तानगञ्ज गोलीकाण्डबारे मानव अधिकार आयोगले सुरु गर्‍यो अनुसन्धान
१२ अर्ब ६३ करोडको अलैंची निर्यात
साताको पहिलो दिन नेप्से ३३ अङ्कले घट्यो, ६ अर्ब बढीको कारोबार
जटिल बन्दै सुनसरीको सुरक्षा अवस्था : जथाभावी आक्रमण, आगजनी र तोडफोड
कप्तानगन्ज घटनापछि सर्वदलीय प्रतिबद्धता : सद्भाव जोगाउन सबै पक्ष एक ठाउँमा
कप्तानगञ्ज घटना : सांसद साहद्वारा सुरक्षा अधिकारीहरूमाथि कारबाही माग
सरकारी विज्ञापनमा ‘एकद्वार प्रणाली’ लागू गर्ने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज
सांसदलाई पीए सुविधा : सर्वोच्चले माग्यो सरकारसँग लिखित जवाफ
मालवाहक गाडी फस्दा केचना–कञ्चनजङ्घा करिडोर अवरुद्ध
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×