नेपाल आउँदै गरेका दुई जना पुरानो मेची पुलबाट पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ११, सोमबार ०७:५०

झापा । भारत पुगेर नेपाल आउँदै गरेका दुई जना झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेची पुलबाट पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाको संयुक्त टोलीले काठमाडौं महानगरपालिका–२५ असनका ४० वर्षीय अजय चित्रकार र ओमबाहलका २३ वर्षीय सुशील मानन्धरलाई पक्राउ गरेको हो । भारतबाट सीटी सफारीमा नेपालतर्फ आउँदै गरेका उनीहरुलाई आइतबार दिउँसो ३ः३० बजेतिर पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Advertisement

पक्राउ परेकाको साथबाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) १२ ग्राम ४ सय २० मिलिग्राम बरामद भएको प्रहरीले जनाएको छ । लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन दुवै जनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.