
काठमाडौं । २२ औँ यु–२० एसियाली एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन ५ खेलाडीसहित ८ सदस्यीय नेपाली टोली मंगलबार हङकङ जाने भएका छन् ।
मे २८ देखि ३१ तारिखसम्म हुने प्रतियोगितामा ३ पुरुष र २ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
पुरुषमा बादल कार्कीले १ हजार ५ सय / ३ हजार मिटर दौड तथा प्रवीण रानाले १ सय मिटर दौडमा प्रतिस्पर्धा गर्ने छन् । महिलामा अनुष्का अधिकारीले १ सय / २ सय मिटर दौड, नारायणी भण्डारीले ८ सय / १ हजार ५ सय मिटर दौड र संगीता विकले ४ सय / ८ सय मिटर दौडमा खेल्ने छन् ।
प्रशिक्षकमा रामबहादुर ओली तथा व्यवस्थापकमा गजबहादुर गुरुङ र दिलबहादुर बम रहेका छन् । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताले एक कार्यक्रमबीच बिदाइ गरे ।

























