प्रधानन्यायाधीशविरुद्धको रिटमा सर्वाेच्च : ‘औचित्य सकियो’

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ११, सोमबार १९:१४

काठमाडौं । प्रधानन्यायाधीश सिफारिस गर्ने संवैधानिक परिषद्को निर्णयविरुद्ध परेको रिट निवेदन औचित्य सकिएको सर्वोच्च अदालतले टिप्पणी गरेको छ ।

न्यायाधीश डाक्टर मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश सिफारिस गर्ने संवैधानिक परिषद्को निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता डा। प्रेमराज सिलवालले छुट्टाछुट्टै रिट दायर गरेका थिए । रिट निवेदन सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको थियो ।

Advertisement

दरपीठविरुद्ध परेको निवेदनको सुनुवाइपछि न्यायाधीश मेघराज पोखरेलको इजलासले अदालत प्रशासनले गरेको दरपीठलाई स्वाभाविक भनेको छ ।

सवैधानिक परिषद्बाट सिफारिस भएका प्रस्तावित प्रधानन्यायाधीश डाक्टर शर्माले संसदीय सुनुवाइ सामना गरी प्रधानन्यायाधीश नियुक्तिसमेत भएको भन्ने आधारमा सर्वोच्चले रिट निवेदनलाई ‘औचित्यहीन’ भनेको हो ।

न्यायाधीश पोखरेलको इजलासले जारी गरेको आदेशमा भनिएको छ, ‘परिणामतः निवेदकले परिवर्तन भइसकेको र पछिल्लो परिवर्तित प्रक्रियालाई थप चुनौती दिएको देखिंदैन । तसर्थ प्रस्तुत निवेदन दर्ता गरी प्रक्रिया अघि बढाउनुपर्ने प्रकृतिको नदेखिंदा रजिस्ट्रारबाट भएको दरपीठ आदेश बदर गरिरहनुपरेन । कानुनबमोजिम गर्नू ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.