ब्राउन सुगरसहित पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १२, मंगलबार ०७:२४

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–४ आन्द्रमोडबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी भरौलबाट खटिएको टोलीले चेकजाँचका क्रममा स्थानीय ४२ वर्षीय रुद्रबहादुर थापालाई सोमबार अपरान्ह नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार थापाको साथबाट लागुऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ २ दशमलव ६९ ग्राम परेको थियो । चेकजाँचका क्रममा उनले प्रयोग गर्दै आएको को ३९ प ८५९२ नम्बरको स्कुटर समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

Advertisement

पक्राउ परेका थापालाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर ल्याइएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.