कोशीमा प्रदेश र स्थानीय तहको कानुनको डिजिटल अभिलेख

Share this
654shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेठ १२, मंगलबार २०:०१

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश तथा स्थानीय तहबाट हालसम्म जारी भएका कानुनहरूको डिजिटल अभिलेखीकरण सुरु गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गाउँपालिका राष्ट्रिय महासंघ नेपालको सहकार्यमा निर्माण गरेको कानुन अभिलेखीकरण प्रणालीको धनकुटाको हिलेमा आयोजित अभिमुखीकरण कार्यक्रममार्फत औपचारिक शुभारम्भ गरिएको हो ।

शुभारम्भ कार्यक्रममा बोल्दै कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणी पराजुलीले प्रदेश सरकारले पहिलो पटक कानुन अभिलेखीकरण प्रक्रिया सुरु गरेको बताए । उनले यस प्रणालीले प्रदेश र स्थानीय तहबिच विधायिकी अन्तरसम्बन्ध कायम गर्न महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

मन्त्री पराजुलीले प्रदेश र स्थानीय तहले जारी गरेका सम्पूर्ण कानुनलाई एउटै डिजिटल प्रणालीमा आबद्ध गर्ने मन्त्रालय र महासंघको संयुक्त प्रयास अन्य प्रदेशका लागि समेत उदाहरणीय बन्ने धारणा राखे ।

त्यसैगरी गाउँपालिका राष्ट्रिय महासंघ नेपालका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद प्याकुरेलले हालसम्म स्थानीय तथा प्रदेश सरकारले जारी गरेका कानुनहरूको व्यवस्थित अभिलेखीकरण हुन नसकेको अवस्थामा कोशी प्रदेशले यस कार्यको सुरुवात गर्नु सकारात्मक कदम भएको बताए । उनका अनुसार संविधान तथा प्रचलित कानुनले स्थानीय सरकारबाट जारी भएका कानुन प्रदेश र संघीय सरकारमा पठाउनुपर्ने व्यवस्था गरे पनि कुन निकायमा कसरी बुझाउने भन्ने स्पष्ट व्यवस्था नहुँदा अहिलेसम्म कुनै पनि प्रदेशमा व्यवस्थित अभिलेखीकरण हुन सकेको थिएन ।
मन्त्रालयका कानुन उपसचिव भोजराज दाहालका अनुसार कोशी प्रदेशका १ सय ३७ वटा गाउँपालिका तथा नगरपालिकाले जारी गरेका नीति, ऐन, नियमावली, कार्यविधि, निर्देशिका तथा मापदण्डलाई डिजिटल माध्यमबाट अभिलेखीकरण गरिनेछ । प्रदेश सरकारले राजपत्रमा प्रकाशित गरेका कानुनहरू समेत प्रणालीमा समावेश गरिने जनाइएको छ ।

महासंघका कार्यकारी निर्देशक प्याकुरेलले प्रदेशका १४ जिल्लालाई ६ वटा क्लष्टरमा विभाजन गरी कानुन अभिलेखीकरण प्रणालीसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए । धनकुटाबाट सुरु भएको कार्यक्रम क्रमशः खोटाङ, ओखलढुंगा, इटहरी, इलाम र फिदिममा सञ्चालन गरिनेछ ।

स्थानीय सरकारबाट जारी भएका कानुनहरूको व्यवस्थित तथा डिजिटल अभिलेख नहुँदा कार्यान्वयन निकाय र सरोकारवालाहरूमा अन्योल सिर्जना हुँदै आएको छ । नयाँ प्रणालीमार्फत अब संसारको जुनसुकै स्थानबाट पनि प्रदेश तथा स्थानीय सरकारले जारी गरेका कानुनहरू सहज रूपमा प्राप्त गर्न सकिने विश्वास गरिएको छ । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षभित्र प्रदेशका सबै स्थानीय तह तथा प्रदेश सरकारका कानुन प्रणालीमा प्रविष्ट गरिसक्ने लक्ष्य राखेको छ । साथै आगामी आर्थिक वर्षदेखि अन्य ६ वटा प्रदेशमा समेत प्रणाली विस्तार गर्न सहकार्य गरिने गाउँपालिका राष्ट्रिय महासंघ नेपालले जनाएको छ ।

तपाइको प्रतिक्रिया
लुम्बिनी क्वालिफायरमा, लिग चरणबाटै बाहिरियो विराटनगर
छठ : सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाउन प्रहरी महानिरीक्षकको निर्देशन
शिवसताक्षीमा कारको ठक्करले मोटरसाइकल चालकको मृत्यु
 
कांग्रेस नेता उमेश श्रेष्ठका भाइ महेश पक्राउ
फिल्मको दृश्यमा पक्राउ, फेसबुकमा हर्कको प्रश्न !
एन्फाको अर्ली इलेक्सन गर्ने निर्णय बदर, नियमित निर्वाचन प्रक्रिया अघि बढाउने
‘मधेशमा परिवर्तनको अनुभूति नभए अर्को पटक भोट माग्न आउँदिनँ’
एनपीएलमा लुम्बिनीले टस जित्यो, विराटनगरलाई ब्याटिङको निम्तो
सलमानको ‘मातृभूमि’ : चर्चामा नेपाली अभिनेता अनुपविक्रम शाही
मधेशमा नयाँ सरकार गठन प्रक्रिया सुरु, दाबी पेस गर्न आह्वान
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.