सद्भाव भड्काउने अभिव्यक्ति दिएको आरोपमा एक जना पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १५, शुक्रबार १४:५९
२३ सयमा ग्यास बेच्ने व्यापारी पक्राउ

काठमाडौं । धार्मिक भावनामा आघात पुर्‍याउने र सामाजिक सद्भाव भड्काउने गरी अभिव्यक्ति दिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१२ स्थायी घर भई हाल काठमाडौंको टोखा नगरपालिका–८ बानियाँ टारका २७ वर्षीय जनक परियारलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Advertisement

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार परियारले विभिन्न माध्यमबाट धार्मिक सद्भावमा खलल पुग्ने र जनमानसमा नकारात्मक असर पर्ने खालका अभिव्यक्ति दिएका थिए। सोही आधारमा उनलाई नियन्त्रणमा लिइएको हो।

धार्मिक भावनामा आघात पुर्‍याउने र सद्भाव भड्काउने गतिविधिमा संलग्न रहेको भन्दै प्रहरीले उनीमाथि थप अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ।

तपाइको प्रतिक्रिया
व्यवसायी शेखर गोल्छासँग विशेष अदालतद्वारा एक करोड धरौटी माग
सुनसरी र सिराहाका चार जनालाई शहीद घोषणा गर्ने मन्त्रिपरिषद्को निर्णय
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति अभिलेखबाट हटाउन सांसदहरूको माग
घुस लिएको आरोपमा इलामको चुलाचुलीका इन्जिनियर र लेखा अधिकृतविरुद्ध मुद्दा दायर
डुबेर तीन बालबालिका बेपत्ता
महाधिवेशनसम्बन्धी गतिविधि रोक्न निर्वाचन आयोग र कांग्रेसलाई इतर समूहको पत्राचार
नेपाली कांग्रेस इतर पक्षको भेलामा कोइराला सहभागी हुने
निर्माण व्यवसायी महासंघको राष्ट्रिय सम्मेलन हुँदै
कोलम्बियामा गएको भूकम्पप्रति नेपाल सरकारद्वारा दुःख व्यक्त
चीनको लङ मार्च-७ए रकेट आकाशमै विस्फोट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.