मोरङ कारागारका बन्दीको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १६, शनिबार २१:२१

विराटनगर । जिल्ला कारागार मोरङमा रहेका एक बन्दीको शनिबार उपचारका क्रममा मृत्यु भएको छ ।मोरङको रंगेली नगरपालिका–२ घर भएका ४८ वर्षीय साइना मुर्मुको मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।

कारागारका निमित्त जेलर तुलसी पौडेलले शनिबार दिउँसो १२ः ३० बजेतिर मुर्मुलाई अचानक चक्कर लाग्ने र सास फेर्न गाह्रो हुने समस्या देखिएको बताए । उनलाई तत्कालै उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल पुर्‍याइएको थियो ।

Advertisement

अस्पतालमा उपचारकै क्रममा साँझ ७ बजे चिकित्सकले उनलाई मृत घोषित गरेको निमित्त जेलर पौडेलले बताए ।  मुर्मु कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि फागुन १३ गतेदेखि कारागारमा थिए ।

उनको शवलाई कानुनी प्रक्रिया पूरा गरी परिवारको जिम्मा लगाउने तयारी भइरहेको कारागार प्रशासनले जनाएको छ ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति अभिलेखबाट हटाउन सांसदहरूको माग
घुस लिएको आरोपमा इलामको चुलाचुलीका इन्जिनियर र लेखा अधिकृतविरुद्ध मुद्दा दायर
डुबेर तीन बालबालिका बेपत्ता
महाधिवेशनसम्बन्धी गतिविधि रोक्न निर्वाचन आयोग र कांग्रेसलाई इतर समूहको पत्राचार
नेपाली कांग्रेस इतर पक्षको भेलामा कोइराला सहभागी हुने
निर्माण व्यवसायी महासंघको राष्ट्रिय सम्मेलन हुँदै
कोलम्बियामा गएको भूकम्पप्रति नेपाल सरकारद्वारा दुःख व्यक्त
चीनको लङ मार्च-७ए रकेट आकाशमै विस्फोट
बालबालिकासम्बन्धी ऐन संशोधन विधेयक संसदमा
कोशीमा विकास समस्या समाधान समितिको बैठक, संघसमक्ष मुख्य विषयहरू उठाइने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.